Wed. Dec 2nd, 2020

जापानमा उच्च संक्रमण दर २५८६ जनामा पुष्टि,१२ जनाको मृत्यु

सन थापा,
जापान । नोभेम्बर २१
जापानमा कोरोना संक्रमणको दर हालसम्मकै उच्च वृद्धि भएको छ । शनिबार २ हजार ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणको तेस्रो लहर चल्दै गर्दा चौथो दिन लगातार २ हजार नाघेको हो ।

योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित हालसम्म संक्रमितको संख्या १ लाख ३१ हजार ६ सय ५३ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

त्यसैगरी योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित १ लाख १० हजार ५ सय ५१ जना कोरोना संक्रमित निको भएका छन् ।

कोरोना संक्रमणबाट मृत्यु हुने संख्या योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित १ हजार ९ सय ९४ जना पुगेको छ । आज ओसाकामा पाँच, होक्काईदोमा तीन, साईतामामा, टोकियो, आईची, कुमामोतो प्रान्तमा एक–एक जनाको मृत्यु भएको हो ।

टोकियो र ओसाकामा नयाँ रेकर्ड राजधानी टोकियो अहिलेसम्मकै सबैभन्दा धेरै ५ सय ३९ जना संक्रमित थपिएका छन् । यहाँ संक्रमित संख्या ३७ हजार ३ सय १७ जना पुगेको छ । त्यस्तै ओसाकामा पहिलोपटक ४ सय नाघेको छ, यहाँ ४ सय १५ जना संक्रमित थपिए । ओसाकामा १७ हजार १ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये पछिल्लो समय अस्पताल भर्ना हुनेको संख्या पनि बढेको छ । हाल १५ हजार ६ सय २७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ३ सय १३ जनाको अवस्था गम्भीर रहेको छ ।

४७ प्रान्त मध्ये होक्काईदोमा २ सय ३४, आईचीमा २ सय ११, खानागावामा १ सय ९३, ह्योगोमा १ सय ५३ र चिबामा १ सय नौ जना थपिए भने पाँच प्रान्तमा संक्रमण दर शून्य रह्यो ।

बढी संक्रमित अन्य प्रान्तहरू
खानागावामा ११ हजार सय ८०, आईचीमा ८ हजार ६ सय ८७, साईतामामा ७ हजार ४ सय ९६, होक्काईदोमा ६ हजार ९ सय १८, चिबामा ६ हजार २ सय ९३, फुकुओकामा ५ हजार ५ सय १३, ह्योगोमा ४ हजार ६ सय ३८, ओकिनावामा ३ हजार ९ सय ६७ र क्योतोमा २ हजार ४ सय ७० जना पुगेको छ ।

Leave a Reply