नेपालमा थप १६६९ जनामा कोरोना संक्रमण, ५६९९ जना डिस्चार्ज

-


     मर्दी न्युज    
     मंसिर ७ गते २०७७ मा प्रकाशित


पोखरा, ७ मंसिर । पछिल्लो २४ घण्टामा थप एक हजार ६ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २० हजार ३ सय ८ पुगेको आइतबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । आइतबारसम्म आइसोलेसनमा १९ हजार ९ सय ६३ जना उपचाररत रहेको छ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ६ सय ९९ जना डिस्चार्ज भएका छन् ।त्यसैगरी हालसम्म एक लाख ९९ हजार २४ जना डिस्चार्ज भएका छन् ।

कोरोना संक्रमणबाट गत २४ घण्टामा १६ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या १ हजार ३ सय २१ पुगेको छ ।



Tags: