Wed. Dec 2nd, 2020

स्वास्थ्य मन्त्रालयले चार ल्याबलाई सोध्यो २४ घण्टे स्पष्टीकरण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको परीक्षण गरिरहेको उपत्यकाका चार ल्याबलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले कोरोनाको नमूना भण्डारण नगरेको भन्दै स्टार अस्पताल, सेन्ट्रल डायगनोस्टिक ल्यमबरोटरी, सिरिया हेल्थ केयर र ह्याम्स अस्पताललाई स्पष्टीकरण सोधेको बताए।

भदौ ३१ गतेको आइसीएसको निर्णय अनुसार कोरोना परीक्षण गर्न सबै ल्याबहरुलाई नेगेटिभको हकमा एक र पोजिटिभको हकमा तीन महिनासम्म भण्डारण गरेर राख्नुपर्ने निर्णय गरेको थियो।

नेपालमा कोरोना रिपोर्ट नेगेटिभ आएका व्यक्ति विदेशमा पुगेपछि पोजिटिभ नतिजा आएपछि मन्त्रालयले यस्तो कदम चालेको हो।

Leave a Reply