Wed. Dec 2nd, 2020

पीसीआर परीक्षणका लागि सरकारी परिचयपत्र अनिवार्य

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को परीक्षणमा सरकारी परिचय पत्र अनिवार्य गर्न निर्देशन दिएको छ ।

आइतबारको प्रेस ब्रिफिङमा मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस)ले स्वाब संकलन गर्दा परिचय पत्र हेर्न निर्देशन दिएको बताए ।

यसअघि कोरोनाको परीक्षणमा नेगेटिभ वा पोजिटिभ रिपोर्ट मात्रै दिइँदै आएको भए पनि इनकन्क्लुसिभ (नेगेटिभ/पाेजिटिभ नखुलेकाे) रिपोर्ट आएका उक्त रिपोर्टलाई पोजेटिभ मान्न र  लोअर डिटेक्सन युनिट उल्लेख गर्न निर्देशन दिइएको छ । सबै प्रयोगशालाले क्वालिटी कन्ट्रोलको प्रोटोकल बनाउन लागू गर्न पनि भनिएको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

विदेश यात्राका लागि पीसीआर परीक्षण गर्दा सम्बन्धित व्यक्तिको पहिचानका लागि बायोमेट्रिक वा यस्तै अन्य प्रणाली अवलम्बन गर्न गराउन पनि निर्देशन दिइएको छ।

Leave a Reply