जापानमा २१६८ जनामा कोरोना पुष्टि, मृत्यु हुने संख्या २ हजार नाघ्यो

-


     मर्दी न्युज    
     मंसिर ७ गते २०७७ मा प्रकाशित


सन थापा,
जापान । नोभेम्बर २२
जापानमा शनिबार २ हजार १ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणको तेस्रो लहर चल्दै गर्दा पाँचौदिन लगातार २ हजार नाघेको हो ।

योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित हालसम्म संक्रमितको संख्या १ लाख ३३ हजार ८ सय २९ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

त्यसैगरी योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित १ लाख ११ हजार ८ सय २२ जना कोरोना संक्रमित निको भएका छन् ।

कोरोना संक्रमणबाट मृत्यु हुने संख्या योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित २ हजार एक जना पुगेको छ । आज होक्काईदोमा तीन, साईतामामा, टोकियो, आईची, खानागावा प्रान्तमा एक-एक गरी सातजनाको मृत्यु भएको हो ।

ओसाकामा नयाँ रेकर्ड
ओसाकामा टोकियोलाई उछिन्दै ४ सय ९० जना संक्रमित थपिए भने संक्रमित संख्या १७ हजार ६ सय ४९ जना पुगेको छ । टोकियोमा ३७ हजार ७ सय आठ जना संक्रमित पुगेको छ यहाँ ३ सय ९१ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये पछिल्लो समय अस्पताल भर्ना हुनेको संख्या पनि बढेको छ । हाल १६ हजार ८ सय २२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ३ सय २३ जनाको अवस्था गम्भीर रहेको छ ।

४७ प्रान्त मध्ये १ सय बढी संक्रमित प्रान्तहरूमा होक्काईदोमा २ सय ४५, आईचीमा १ सय ४४, खानागावामा १ सय ६३, ह्योगोमा १ सय ३९ र साईतामामा १ सय १५ जना थपिए भने सात प्रान्तमा संक्रमण दर शून्य रह्यो ।

२ हजार बढी संक्रमित अन्य प्रान्तहरू
खानागावामा ११ हजार ३ सय ४३, आईचीमा ८ हजार ९ सय ३१, साईतामामा ७ हजार ६ सय ११, होक्काईदोमा ७ हजार १ सय ६३, चिबामा ६ हजार ३ सय ७३, फुकुओकामा ५ हजार ५ सय ४३, ह्योगोमा ४ हजार ७ सय ७७, ओकिनावामा ३ हजार ९ सय ९९ र क्योतोमा २ हजार ४ सय ९४ जना पुगेको छ ।