Wed. Dec 2nd, 2020

यती होटेलमा आगलागी

खुम्बुपासाङ ल्हामु गाउँपालिका ३ फाग्दिङस्थित यती माउन्टेन होम (होटल)मा आगलागी हुँदा रु दुई करोड बराबरको क्षति भएको छ । आज बिहान करीब ९ बजे विद्युत् चुहिई आगलागी हुँदा होटल पूर्ण रुपमा जलेको छ ।

आगलागीबाट होटलको भौतिक संरचनासहित त्यहाँ रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल माबोहाङले जानकारी दिए । आगो लागेको करीब पाँच घण्टापछि स्थानीयवासी, नेपाली सेना र नेपाल प्रहरीको सक्रियतामा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । उक्त रिसोर्ट यती ग्रुपमार्फत करीब १२ वर्षअघिदेखि स्थानीयवासी ल्हाक्पासोनाम शेर्पाले सञ्चालनमा ल्याएको हो । रासस

Leave a Reply