सन थापा,
जापान । नोभेम्बर २९
जापानमा आईतबार २ हजार ५८ जना कोरोना संक्रमित पुष्टि थपिएका छन् ।
हालसम्म संक्रमितको संख्या योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित १ लाख ४८ हजार २ सय ७२ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
त्यसैगरी कोरोना संक्रमणबाट मृत्यु हुने संख्या योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित २ हजार १ सय ३९ जना पुगेको छ । सबैभन्दा धेरै ओसाकामा छ, होक्काईदोमा पाँच, इवातेमा दुई, आईची, खानागावा र ओकिनावा प्रान्तमा एकरएक गरी १६ जनाको मृत्यु भएको हो ।
यस अवधिमा योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित १ लाख २२ हजार ५ सय ५० जना कोरोना संक्रमित निको भएका छन् ।
संक्रमितमध्ये पछिल्लो समय अस्पताल भर्ना हुने र गम्भीर बिरामीको संख्या अहिलेसम्मकै धेरै पुगेको छ । हाल २० हजार ९ सय ९२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ४ सय ६२ जनाको अवस्था गम्भीर रहेको छ ।
४७ प्रान्त मध्ये आठ प्रान्तमा मात्र संक्रमण शून्य रह्यो भने सबैभन्दा धेरै टोकियोमा ४ सय १८, ओसाकामा ३ सय ८१, होक्काईदोमा १ सय ९२, आईचीमा १ सय ५५, खानागावामा १ सय ५१, साईतामामा १ सय ३९, ह्योगोमा १ सय ११ जना थपिए ।
२ हजार बढी संक्रमित संख्या भएका प्रान्तहरू
टोकियोमा ४० हजार ६ सय २८, ओसाकामा २० हजार ११, खानागावामा १२ हजार ४ सय ७७,आईचीमा १० हजार १७, होक्काईदोमा ८ हजार ७ सय १८, साईतामामा ८ हजार ३ सय ५८, चिबामा ६ हजार ९ सय २४, फुकुओकामा ५ हजार ८ सय एक, ह्योगोमा ५ हजार ५ सय ७०, ओकिनावामा ४ हजार २ सय ९४ र क्योतोमा २ हजार ६ सय ६३ जना पुगेको छ ।