सर्वोच्चद्वारा संसद् विघटन गर्नुको कारणबारे सरकारसँग लिखित जवाफ माग

-


     मर्दी न्युज    
     पुस १० गते २०७७ मा प्रकाशित


काठमाडौँ । सर्वोच्च अदालतले संसद् विघटन गर्नुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको छ ।

शुक्रवार संवैधानिक इजलासमा सुनुवाइपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित ५ न्यायाधीशको पूर्ण इजलासले विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रपति कार्यालयसँग लिखित जवाफ माग गर्ने आदेश दिएको हो ।

त्यस्तै मन्त्रिपरिषदले संसद् विघटनका लागि गरेको सिफारिस र राष्ट्रपतिले गरेको स्वीकृतिको सक्कल प्रति मगाउन पनि आदेश दिएको छ । सर्वोच्चले संसदबाट पनि सबै दलको प्रतिनिधित्वको कपी माग गर्ने आदेश दिएको छ ।

सर्वोच्चले यस रिटमाथि नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनसँग एमिकस क्युरी पनि माग गरेको छ ।