जापानमा बुधबार ३८५२ जना संक्रमित थपिए, ५९ जनाको मृत्यु

-


     मर्दी न्युज    
     पुस १५ गते २०७७ मा प्रकाशित


सन थापा,
जापान । डिसेम्बर ३० । जापानमा बुधबार ३ हजार ८ सय ४१ जना कोरोना संक्रमित थपिए । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ३५ जना पुगेको छ ।

त्यसैगरी ह्योगोमा ११, ओसाकामा आठ, खानागावामा पाँच, टोकियोमा चार, होक्काईदो, गुन्मा र आईचीमा तीन/तीन, क्योतो, चिबा, नारा र गिफुमा दुई/दुई, हिरोसीमा, मिए, साईतामा, मियागी, ईवाते,ओकिनावा, एहिमे,,फुकुओका, फुकुसीमा, नागासाकी, नागानो, सिजुओका, कुमामोतो, खागोसीमा प्रान्तमा एक/एक ५९ जनाको मृत्यु भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित मृत्यु हुने संख्या ३ हजार ४ सय ५६ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

संक्रमितमध्ये ३२ हजार ४ सय ७७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ६ सय ६८ जनाको अवस्था गम्भीर रहेको छ ।

यस अवधिमा योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित १ लाख ९० हजार १ सय २५ जना कोरोना संक्रमित निको भएका छन् ।

राजधानी टोकियोमा ९ सय ४४ जना संक्रमित थपिए । यहाँ संक्रमित संख्या ५८ हजार ८ सय ४० जना पुगेको छ । सिमाने प्रान्त बाहेक ४६ प्रान्तमा संक्रमण पुष्टि भयो । १ सय भन्दा बढी संक्रमित हुने प्रान्तहरू खानागावामा ४ सय ३२, ओसाकामा ३ सय सात, आईचीमा २ सय ९४, साईतामामा २ सय ४४ , चिबामा २ सय १८, फुकुओकामा १ सय ८९, ह्योगोमा १ सय ८८ र होक्काईदोमा १ सय ३३ जना थपिए ।

बढी संक्रमित संख्या भएका प्रान्तहरू

ओसाकामा २९ हजार ६ सय ८६, खानागावामा २० हजार ६ सय ७४, आईचीमा १६ हजार ३ सय ३३,साईतामामा १३ हजार ९ सय ६५, होक्काईदोमा १३ हजार २ सय ७५,चिबामा १० हजार ८ सय ११, ह्योगोमा ९ हजार ८ सय १२,फुकुओकामा ८ हजार ७ सय ८४, ओकिनावामा ५ हजार ३ सय सात र क्योतोमा ४ हजार ६ सय ९४, हिरोसीमामा ३ हजार २ सय ३२ जना पुगेको छ ।