भलिबल टिमकी कप्तान अरुणा शाहीलाई पिपल्स च्वाइस अवार्ड

काठमाडौ । नेपाली खेलकुद जगतको सबैभन्दा प्रतिष्ठित र प्रतिक्षित ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गतको पिपल्स च्वाइस अवार्ड राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीले जितेकी छन् ।

ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार आयोजना भएको अवार्ड कार्यक्रममा अरुणाले पिपल्स च्वाइस अवार्ड हात पारेकी हुन् ।

अरुणाले पौडीकी गौरिका सिंह, करातेका मन्डेकाजी श्रेष्ठ, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारीलाई पछि पारेकी हुन् ।

नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा पिपल्स च्वाइस, वर्ष खेलाडी पुरुष, महिला, युवा, वर्ष प्रशिक्षकसहितसँगै पारा एथलिट सम्मान, स्पेसल, लाइफटाइम एचिभमेन्ट, टिम अफ द इयर अवार्ड र अन्तर्राष्ट्रिय खेल पत्रकारको सम्मान अवार्ड प्रदान गरिन्छ ।

वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्दछन् ।

Leave a Reply