सात प्रान्तमा आपतकाल घोषणाको तयारी, जापानमा मंगलबार ४५३९ जनामा संक्रमण, ६४ जनाको मृत्यु

सन थापा,
जापान, जनवरी १२ । जापानमा कोरोना संक्रमण तीव्र रूपमा फैलिएपछि सात प्रान्तमा दोस्रोपटक आपतकाल घोषणाको तयारी भएको छ । ओसाका, ह्योगो, क्योतो, आईची, गिफु, तोचिगी र फुकुओका प्रान्तमा आपतकाल घोषणाको तयारी भएको हो ।

कोरोना भाईरसविरुद्ध अपनाउने विशेष उपायहरू सम्बन्धी एलडीपीको मंगलबार बैठक बसेको थियो । संक्रामक रोग बिशेषज्ञहरूको सल्लाहकार समितिको राय अनुसार सरकारले बुधबार यसबारे औपचारिक घोषणा गर्ने जनाएको छ ।

मंगलबार ४ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना कोरोना संक्रमितको संख्या २ लाख ९८ हजार ८ सय ८४ जना पुगेको छ ।

त्यसैगरी डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित जापानभर मृत्यु हुने संख्या ४ हजार १ सय ९२ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

सबैभन्दा बढी ओसाकामा १०, ह्योगो र आइचीमा नौ÷नौ, साईतामामा पाँच, खानागावा र तोचिगीमा चार÷चार, फुकुओका, चिबा र होक्काईदोमा तीन÷तीन, टोकियो, नारा, हिरोसीमा, गुन्मा र सिजुओकामा दुई÷दुई, यामागाता, यामागुची, गिफु र तोत्तोरी प्रान्तमा एक÷एक जनाको मृत्यु भएको छ ।

यस अवधिमा डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित २ लाख २६ हजार ५५ जना कोरोना संक्रमित निको भएका छन् ।

संक्रमितमध्ये ६१ हजार ४ सय ४९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ८ सय ८१ जनाको अवस्था गम्भीर रहेको छ ।

राजधानी टोकियोमा ९ सय ७० जना संक्रमित थपिए । यहाँ संक्रमित संख्या ७७ हजार १ सय ३३ जना पुगेको छ भने ६ सय ९१ जनाको मृत्यु भएको छ ।

फुकुई र सीमाने प्रान्तमा संक्रमण शून्य रह्यो भने ४५ ओटै प्रान्तमा संक्रमण पुष्टि भयो । १ सय भन्दा बढी संक्रमित हुने प्रान्तहरू खानागावामा ९ सय छ, ओसाकामा ३ सय ७४, साईतामामा २ सय ६१, चिबामा ४ सय १५, आईचीमा १ सय ३२, फुकुओकामा १ सय ९९, ह्योगोमा १ सय ६१, क्योतोमा १ सय छ, होक्काईदोमा १ सय ४५, तोचिगीमा १ सय छ जना थपिए ।

बढी संक्रमित प्रान्तहरू

ओसाकामा ३५ हजार ३ सय छ, खानागावामा २८ हजार ९ सय ४०, आईचीमा १९ हजार ७ सय ६८,साईतामामा १८ हजार ४ सय ३२, होक्काईदोमा १४ हजार ९ सय ९७,चिबामा १४ हजार ९ सय ५८,ह्योगोमा १२ हजार ४ सय एक,फुकुओकामा ११ हजार ७ सय ५७, क्योतोमा ६ हजार १ सय ८७,ओकिनावामा ५ हजार ९ सय ७७ र हिरोसीमामा ४ हजार १ सय ६३ जना पुगेको छ ।

Leave a Reply