नेकपाका दुवै समूहले निर्वाचन आयोगमा बुझायो जवाफ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै पक्ष प्रचण्ड–माधव समूह र ओली समूहले निर्वाचन आयोगलाई जवाफ पठाएको छ ।

दुवै समूहबाट पत्र प्राप्त भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठल जानकारी दिए ।

बिहीबार निर्वाचन आयोगले ऐन–नियम र पार्टीको विधानअनुसार विवरण पठाउन नेकपाका दुवै समूहलाई पत्रचार गरेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोही पत्रको जवाफ दिँदै नेकपा विभाजन नभएको र आफू पहिलो अध्यक्ष र प्रमुख पदाधिकारी भएका कारण आफूले पठाएको विवरण आधिकारिक भएको दावी गरेका हुन्।

उनले पहिलो अध्यक्षको हैसियतमा आफूले पठाएको दस्तावेजहरु अभिलेखीकरण हुने र अन्य कोही कसैले पठाएको सामग्री अभिलेखीकरण नगर्नसमेत आयोगलाई आग्रह गरेका छन्।

हेर्नुहोस निर्वाचन आयोगलाई प्रधानमन्त्री ओलीले पठाएको पत्रको जवाफः

Leave a Reply