जापानमा कोरोना संक्रमितको संख्या ३ लाख नाघ्यो, ४२७९ जनाको मृत्यु

सन थापा,
जापान । जनवरी १३

जापानमा बुधबार ५ हजार ८ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना कोरोना संक्रमितको संख्या ३ लाख ४ हजार ७ सय ५२ जना पुगेको छ ।

त्यसैगरी डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित जापानभर मृत्यु हुने संख्या ४ हजार २ सय ८९ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
बुधबार हालसम्मकै सबैभन्दा बढी ९७ जनाको मृत्यु भएको छ । टोकियो, खानागावा,ओसाकामा १३/१३, ह्योगोमा ११, चिबा र आइचीमा नौ/नौ, साईतामामा सात, होक्काईदोमा चार, क्योतो, गिफु, नागासाकी र सिजुओकामा दुई/दुई, यामागाता, यामागुची, र ईशिखावा, ओकिनावा, कुमामोतो,इबाराकी, फुकुओका र नागानो प्रान्तमा एक/एक जनाको मृत्यु भएको छ ।

यस अवधिमा डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित २ लाख २९ हजार ७ सय ३२ जना कोरोना संक्रमित निको भएका छन् ।

संक्रमितमध्ये ६२ हजार ९ सय ३० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ९ सय जनाको अवस्था गम्भीर रहेको छ ।

राजधानी टोकियोमा १ हजार ४ सय ३३ जना संक्रमित थपिए । यहाँ संक्रमित संख्या ७८ हजार ५ सय ६६ जना पुगेको छ भने ६ सय एक जनाको मृत्यु भएको छ ।

यामागाता प्रान्तमा संक्रमण शून्य रह्यो भने ४६ ओटै प्रान्तमा संक्रमण पुष्टि भयो । १ सय भन्दा बढी संक्रमित हुने प्रान्तहरू खानागावामा ७ सय ६८, ओसाकामा ५ सय ३६, चिबामा ४ सय २२, साईतामामा ३ सय ९२, आईचीमा ३ सय १९, फुकुओकामा २ सय ५२, ह्योगोमा २ सय ८५, क्योतोमा १ सय ४६, होक्काईदोमा १ सय नौ, तोचिगीमा १ सय ४१ जना थपिए ।

बढी संक्रमित प्रान्तहरू

ओसाकामा ३५ हजार ८ सय ४२, खानागावामा २९ हजार ७ सय छ, आईचीमा २० हजार ८७,साईतामामा १८ हजार ८ सय २४, चिबामा १५ हजार ३ सय ८०, होक्काईदोमा १५ हजार १ सय छ,ह्योगोमा १२ हजार ६ सय ८६,फुकुओकामा १२ हजार नौ, क्योतोमा ६ हजार ३ सय ३२,ओकिनावामा ६ हजार ३७ र हिरोसीमामा ४ हजार २ सय २३ जना पुगेको छ ।

Leave a Reply