जापानमा शनिवार ४७१७ जना कोरोना संक्रमित, ८३ को मृत्यु

सन थापा,
जापान, १० माघ । जापानमा शनिवार ४ हजार ७ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित कोरोना संक्रमितको संख्या ३ लाख ६२ हजार ४ सय ४५ जना पुगेको छ ।

संक्रमणका कारण मृत्यु हुने संख्या डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित ५ हजार ७७ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ । शनिबार

सबैभन्दा बढी ओसाकामा १४, टोकियोमा नौ, ह्योगो र खानागावामा आठ/आठ, साईतामामा ११, क्योतो र चिबामा पाँच/पाँच,होक्काईदो र आइचीमा चार/चार, हिरोसिमा र ईबाराकीमा तीन/तीन, नारा, वाकायामा, तोचिगी, कुमामोतो, नागोना र फुकुओकामा दुई/दुई गिफु, मिए, गुन्मा, तोकुसीमा, सिगा, खागावा, खागोसीमा र नागासाकी प्रान्तमा एक/एक गरी ८३ जनाको मृत्यु भएको छ ।

यस अवधिमा डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित २ लाख ८६ हजार १ सय ८१ जना संक्रमित निको भएका छन् ।

संक्रमितमध्ये ६५ हजार १ सय ५२ जनाको उपचार भइरहेको छ भने १ हजार नौ जनाको अवस्था गम्भीर रहेको छ ।

राजधानी टोकियोमा १ हजार ७० जना संक्रमित थपिए । यहाँ संक्रमित संख्या ९२ हजार ९ सय चार जना पुगेको छ भने ६ सय ७६ जनाको मृत्यु भएको छ ।

आज सीमाने प्रान्त बाहेक ४६ ओटै प्रान्तमा संक्रमण पुष्टि भयो । धेरै संक्रमित हुने प्रान्तहरू खानागावामा ५ सय २१, ओसाकामा ५ सय २५, साईतामामा ३ सय २५, चिबामा ४ सय ११, ह्योगोमा २ सय २५, फुकुओकामा २ सय १४, आईचीमा २ सय ४६, होक्काईदोमा १ सय ३८, क्योतोमा १ सय २१, ईबाराकीमा १ सय ३२ जना थपिए ।

उच्च संक्रमित प्रान्तहरू

ओसाकामा ४१ हजार ३३, खानागावामा ३७ हजार ४ सय २३, साईतामामा २३ हजार ५७, आईचीमा २२ हजार ६ सय ९७, चिबामा १९ हजार ९ सय तीन, होक्काईदोमा १६ हजार ५ सय ७८, ह्योगोमा १५ हजार २ सय १०, फुकुओकामा १४ हजार ८ सय ३५, क्योतोमा ७ हजार ६ सय ४४ ,ओकिनावामा ६ हजार ९ सय ३९ र हिरोसीमामा ४ हजार ६ सय जना पुगेको छ ।
बिहीबार ६२ हजार १ सय ७१ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

Leave a Reply