जापानमा आइतबार ३९९० जना कोरोना संक्रमित, ५६ को मृत्यु

सन थापा,
जापान, ११ माघ । जापानमा आईतबार ३ हजार ९ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित कोरोना संक्रमितको संख्या ३ लाख ६६ हजार ४ सय ३५ जना पुगेको छ ।

संक्रमणका कारण मृत्यु हुने संख्या डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित ५ हजार १ सय ३३ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

यस अवधिमा डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित २ लाख ९१ हजार २ सय एक जना संक्रमित निको भएका छन् ।

संक्रमितमध्ये ६४ हजार ५ सय ३५ जनाको उपचार भइरहेको छ भने १ हजार सात जनाको अवस्था गम्भीर रहेको छ ।

तथ्यांकमा आपतकाल लागु भएका ११ प्रान्त

राजधानी टोकियोमा ९ सय ८६ जना संक्रमित थपिए । यहाँ संक्रमित संख्या ९३ हजार ८ सय ९० जना पुगेको छ भने ७ सय ८२ जनाको मृत्यु भएको छ ।

ओसाकामा ४ सय २१ जना संक्रमित थपिए । ४१ हजार ४ सय ५४ जना संक्रमित संख्या पुगेको छ भने ८ सय ३६ जनाको मृत्यु भएको छ । त्यसैगरी खानागावामा ५ सय ५४ जना संक्रमित थपिए । संक्रमित संख्या ३८ हजार २७ जना पुगेको छ भने ३ सय ९९ जनाको मृत्यु भएको छ ।
साईतामामा संक्रमित संख्या २३ हजार ३ सय ४२ जना पुगेको छ । यहाँ २ सय ८५ जना संक्रमित थपिए भने ३ सय नौ जनाको मृत्यु भएको छ ।

आईचीमा संक्रमित २२ हजार ८ सय ८१ जना र मृत्यु हुने संख्या ३ सय ६४ जना पुगेको छ । यहाँ १ सय ६४ जना संक्रमित थपिए।

त्यस्तै चिबामा ३ सय २८ जना संक्रमित थपिएर २० हजार २ सय ३१ जना पुगेको छ भने २ सय २१ जनाको मृत्यु भएको छ । होक्काईदोमा १६ हजार ६ सय ७२ जना संक्रमित पुगेको छ भने मृतकको संख्या ५ सय ६९ जना पुगेको छ । ह्योगोमा संक्रमित १५ हजार ३ सय ८८ जना र मृत्यु हुने ३ सय ५३ जना पुगेको छ ।फुकुओकामा संक्रमित १५ हजार ५९ जना र १ सय ६६ जनाको मृत्यु भएको छ । क्योतोमा ७ हजार ७ सय ५९ जना संक्रमित र १ सय चार जनाको मृत्यु भएको छ । तोचिगी प्रान्तमा ३ हजार ५ सय ५६ जना संक्रमित र ३६ जनाको मृत्यु भएको छ । होक्काइदो, ह्योगो, फुकुओका,क्योतो र तोचिगीमा क्रमशः ९४, १७८,२ सय २४,१ सय १५ र २९ जना संक्रमित थपिए ।

Leave a Reply