माउण्ट केटु आरोहीलाई पोखरामा भव्य स्वागत (फोटो फिचर)

पोखरा, २६ माघ । विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटु (पाकिस्तान)को सफल आरोहण गरी कीर्तिमान कायम गर्ने नेपाली आरोहीहरूलाई पोखरामा भव्य स्वागत गरेका छन् ।

निर्मल पुर्जासहितको १० सदस्यीय नेपाली टोलीलाई पोखरा एयरपोर्टमा आज भव्य स्वागत गरिएको हो । शिशिर ऋतुमा दोस्रो सर्वोच्च शिखर केटुको सफल आरोहरण गरेर कीर्तिमानी राख्न सफल १० नेपाली पर्वतारोहीको टोलीलाई पोखरामा बजार परिक्रमा गराइएको छ ।

उनीहरूले माघ ३ गते माउन्ट केटुको सफल आरोहण गरेका थिए । उक्त शिखरमा हिउँदको समयमा कोही आरोहीपनि पुग्न सकेको थिएनन् । कीर्तिमानधारी आरोहीहरुमा निर्मल पुर्जा, मिङमा डेविट शेर्पा, मिङमा तेन्जी शेर्पा, ग्याल्जेन शेर्पा, पेम चिरी शेर्पा, दावा तेम्बा शेर्पा, मिङमा जी शेर्पा, दावा तेन्जीङ शेर्पा, किलु पेम्बा शेर्पा र सोना शेर्पा रहेका छन् ।

फोटोहरुः मनशान्त घिमिरे, खेमबहादुर गुरुङ

Leave a Reply