जापानमा १२१७ जना संक्रमित थपिए, ८३ जनाको मृत्यु

-


     मर्दी न्युज    
     माघ २७ गते २०७७ मा प्रकाशित


सन थापा,
जापान । जापानमा सोमबार १ हजार २ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८३ जनाको मृत्यु भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित कोरोना संक्रमितको संख्या ४ लाख ७ हजार ४ सय ८८ जना पुगेको छ । डायमण्ड प्रिन्सेस क्रूजका १३ जना सहित ६ हजार ५ सय २४ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
त्यस्तै निको हुनेको संख्या डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित ३ लाख ६५ हजार ८ सय ९७ जना पुगेको छ ।
यसैबिच नयाँ प्रकारको कोरोना भाईरस संक्रमितको संख्या ९२ जना पुगेको स्वास्थ्य, श्रम तथा जनकल्याण मन्त्रालयले जनाएको छ । सोमबार ह्योगो प्रान्तका पाँच र साईतामा प्रान्तका तीन जनामा संक्रमण पुष्टि भएको हो । जनवरी ७ र १३ देखि ११ प्रान्तमा आपतकालीन अवस्था लागू भएकोमा सोमबारबाट तोचिगी प्रान्तमा हटाईएको छ ।

संक्रमितमध्ये ३३ हजार ४ सय जनाको उपचार भइरहेको छ भने ७ सय ७३ जनाको अवस्था गम्भीर रहेको छ ।

धेरै संक्रमित भएका प्रान्तहरू

टोकियोमा कोरोना संक्रमितको संख्या १ लाख ४,हजार १ सय २१ जना पुगेको छ भने १ हजार २६ जनाको मृत्यु भएको छ ।

ओसाकामा ४५ हजार १ सय ९५ जना संक्रमित संख्या पुगेको छ भने १ हजार नौजनाको मृत्यु भएको छ । त्यसैगरी खानागावामा संक्रमित संख्या ४२ हजार ४ सय एक जना पुगेको छ भने ५ सय ६१ जनाको मृत्यु भएको छ ।
साईतामामा संख्या २६ हजार ८ सय २९ जना संक्रमित र ४ सय १७ जनाको मृत्यु भएको छ ।
आईचीमा संक्रमित २४ हजार ७ सय ६४ जना र मृत्यु हुने संख्या ४ सय ५४ जना पुगेको छ । चिबामा २३ हजार ८ सय ७६ जना पुगेको छ भने ३ सय दुईजनाको मृत्यु भएको छ ।


होक्काईदोमा संक्रमित १८ हजार १ सय ३० जना र मृत्यु हुने संख्या ६ सय २५ जना पुगेको छ । ह्योगोमा संक्रमित १७ हजार १ सय ६५ जना र मृत्यु हुने संख्या ४ सय ४३ जना पुगेको छ । फुकुओकामा संक्रमित १६ हजार ८ सय ९२ जना र २ सय १४ जनाको मृत्यु भएको छ । क्योतोमा ८ हजार ७ सय ७१ जना संक्रमित र १ सय ३६ जनाको मृत्यु भएको छ । तोचिगी प्रान्तमा ३ हजार ८ सय ८१ जना संक्रमित र ५६ जनाको मृत्यु भएको छ ।
टोकियोमा २ सय ७६, ओसाकामा १ सय १९,खानागावामा १ सय २१, साईतामामा १ सय २१, आईचीमा ४३, चिबामा १ सय ५५ जना संक्रमित थपिए । त्यस्तै होक्काइदो, ह्योगो, फुकुओका,क्योतो र तोचिगीमा क्रमशः ५०, ३३, ५७, २१ र तीनजना संक्रमित थपिए ।

त्यस्तै ओकिनावामा ७ हजार ८ सय ८२, इबाराकीमा ५ हजार १ सय ७३, हिरोसीमामा ४ हजार ९ सय एक, सिजुओकामा ४ हजार ७ सय ५५ जना र गिफुमा ४ हजार ३ सय ५९ जना संक्रमित पुगेको छ ।