पर्यटन व्यावसायी महिला संघ (टेवान) ले डिजिटल मार्केटिङ तालिम दिदै

पोखरा । पर्यटनमा समान सहभागिता भन्ने नारा लिएर स्थापना भएको पोखराका पर्यटन व्यावसायी महिलाहरुको संस्था टेवानले आफ्ना सदस्यहरुको व्यावसायिक सीप र दक्षता अभिबृद्धि गर्ने हेतुले दुइदिने डिजिटल मार्केटिङ तालिम संचालन गरेको छ।

नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयको आर्थिक सहकार्यमा लेकसाइडस्थित टीका रिसोर्टमा हुने तालिमको औपचारिक शुभारम्भ कार्यक्रममा शुभकामना मन्तव्य दिनुहुँदै पोखरा महानगरपालिका वडा नं ६ का वडा अध्यक्ष जगतबहादुर पहारीले सीप सिकेमा भोकै मर्न नपर्ने बताउनुभयो। महिला शसक्तिकरण तथा तालिमको लागि आफ्नो तर्फबाट पनि सक्दो सहयोग गर्ने उहाँले बताउनुभयो।

प्रमुख अतिथिको रूपमा आफ्नो भनाइ राख्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले समयको प्रबाहसंगै ब्यापार गर्ने, प्रचारप्रसार गर्ने, विज्ञापन गर्ने तरिकाहरु फेरिएकोले सोही बमोजिम व्यावसायिहरुले आफुलाइ अपडेट राख्नुपर्ने बताउनुभयो । व्यावसायिहरुले डिजिटल प्रबिधिको उच्चतम प्रयोगगरि फाइदालिनुपर्ने कुरामा जोड दिदै नेपाल पर्यटन बोर्ड सहकार्यको लागि तयार रहेको बताउनुभयो।

कार्यबाहक अध्यक्ष कमला गिरिको अध्यक्षतामा भएको उक्त कार्यक्रम शोभा पाण्डेले संचालन गर्नुभएको थियो भने स्वागत मन्तव्य अनिता खड्का भट्टराईले दिनुभएको थियो। आंखिझ्याल टेक्नोलोजीका उज्ज्वल पौडेल तथा पारश देवकोटा प्रशिक्षकको रूपमा रहनुभएको थियो।

Leave a Reply