बिहीबार १६९३ जना संक्रमित,७८ जनाको मृत्यु

सन थापा,
जापान, २९ माघ । जापानमा बिहीबार १ हजार ६ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि हुनुका साथै ७८ जनाको मृत्यु भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित कोरोना संक्रमितको संख्या ४ लाख १२ हजार ६ सय ३३ जना पुगेको छ । डायमण्ड प्रिन्सेस क्रूजका १३ जना सहित ६ हजार ८ सय १७ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

त्यस्तै निको हुनेको संख्या डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित ३ लाख ७६ हजार १ सय १३ जना पुगेको छ ।

संक्रमितमध्ये २७ हजार ८ सय ८९ जनाको उपचार भइरहेको छ भने ७ सय १३ जनाको अवस्था गम्भीर रहेको छ ।

धेरै संक्रमित भएका प्रान्तहरू

टोकियोमा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ४ सय ५८ जना र मृत्यु हुनेको संख्या १ हजार ९० जनाको पुगेको छ ।

ओसाकामा ४५ हजार ६ सय १८ जना संक्रमित र १ हजार ३७ जनाको मृत्यु भएको छ । त्यसैगरी खानागावामा संक्रमित संख्या ४२ हजार ८ सय ९६ जना र मृत्यु हुनेको संख्या ५ सय ९३ जना पुगेको छ ।

साईतामामा संक्रमित संख्या २७ हजार ३ सय ४३ जना र मृत्यु हुनेको संख्या ४ सय ५२ जना पुगेको छ ।
आईचीमा संक्रमित २५ हजार ४२ जना र मृत्यु हुने संख्या ४ सय ७० जना पुगेको छ । चिबामा संक्रमित २४ हजार २ सय ४६ जना मृत्यु हुनेको संख्या ३ सय ३९ जना पुगेको छ ।

होक्काईदोमा संक्रमित १८ हजार ३ सय २७ जना र मृत्यु हुने संख्या ६ सय ३० जना पुगेको छ । ह्योगोमा संक्रमित १७ हजार ३ सय ७७ जना र मृत्यु हुने संख्या ४ सय ६६ जना पुगेको छ । फुकुओकामा संक्रमित १७ हजार १ सय ७६ जना र २ सय २१ जनाको मृत्यु भएको छ । क्योतोमा ८ हजार ८ सय ४६ जना संक्रमित र १ सय ४१ जनाको मृत्यु भएको छ ।

टोकियोमा ४ सय ३४, ओसाकामा १ सय ४१, खानागावामा १ सय ७८, साईतामामा १ सय ७२, आईचीमा ८०, चिबामा १ सय २७ जना संक्रमित थपिए । त्यस्तै होक्काइदो, ह्योगो, फुकुओका,क्योतो क्रमशः ९२, ५३, १ सय १०, २१ जना संक्रमित थपिए ।

त्यस्तै ओकिनावामा ७ हजार ९ सय ४४, इबाराकीमा ५ हजार २ सय ९३, हिरोसीमामा ४ हजार ९ सय २५, सिजुओकामा ४ हजार ८ सय एकजना र गिफुमा ४ हजार ४ सय २३ जना संक्रमित पुगेको छ ।
मंगलबार ४४ हजार ५३ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

Leave a Reply