मुख्यमन्त्री कप भलिबलको तयारी पूरा

पोखरा । ‘मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता’ को तयारी पूरा भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवालको उपस्थितिमा आयोजक कास्की जिल्ला भलिबल संघले आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने प्रतियोगिता फागुन ४ देखि ८ सम्म हुनेछ । पाँच दिन चल्ने प्रतियोगितामा गण्डकी प्रदेशका सबै जिल्लाको महिला तथा पुरुष टिमको सहभागिता हुनेछ ।

पत्रकार सम्मेलनमा पर्यटकीय नगरी पोखरालाई भलिबलको हबको रुपमा विस्तार गर्न प्रतियोगिता फलदायी हुने कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले बताए ।

उनले भलिबल खेलको प्रवद्र्धन गर्नुका साथै खेलमार्फत पर्यटन प्रवद्र्धन गर्न, उत्कृष्ट खेलाडीको पहिचान गरी नवौं राष्ट्रिय खेलकुदका लागि तयारी गर्न तथा खेलाडीको स्तरवृद्धि गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको समेत बताए ।

प्रतियोगिताको विजेता महिला र पुरुष टोलीले समान रु २÷२ लाख र ट्रफी पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले रु १÷१ लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । तेस्रो हुने टोलीले समान ५० हजार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट सेटर, डिफेण्डर, स्पाइकर र लिफ्टरले रु ५÷५ हजार पाउनेछन् । प्रतियोगिताको मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले उद्घाटन गर्ने कार्यक्रम छ ।

पाँच दिनसम्म चल्ने प्रतियोगिता हेर्न आउने दर्शकलाई निःशुल्क मास्कको व्यवस्था समेत मिलाइएको आयोजकले जनाएको छ ।

Leave a Reply