जापानमा थप १०३२ जना संक्रमित, ५० जनाको मृत्यु

सन थापा,
जापान । जापानमा आईतबार १ हजार ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५० जनाको मृत्यु भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित कोरोना संक्रमितको संख्या ४ लाख २६ हजार ३ सय १२ जना पुगेको छ । डायमण्ड प्रिन्सेस क्रूजका १३ जना सहित ७ हजार ५ सय छजनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

त्यस्तै डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित ३ लाख ९९ हजार ५ सय ८० जना निको भएका छन् ।

संक्रमितमध्ये १७ हजार ८ सय ४१ जनाको उपचार भइरहेको छ भने ५ सय ११ जनाको अवस्था गम्भीर रहेको छ ।

संक्रमित धेरै भएका प्रान्तहरू

टोकियोमा संक्रमित १ लाख ९ हजार ७ सय ३४ जना र १ हजार २ सय ६५ जनाको मृत्यु भएको छ ।

ओसाकामा ४६ हजार ५ सय ८१ जना संक्रमित र १ हजार ८९ जनाको मृत्यु भएको छ । त्यसैगरी खानागावामा संक्रमित संख्या ४४ हजार ८४ जना र ६ सय ४९ जनाको मृत्यु भएको छ ।
साईतामामा संक्रमित संख्या २८ हजार ६ सय ५२ जना र ५ सय २१ जनाको मृत्यु भएको छ ।
आईचीमा संक्रमित २५ हजार ५ सय ९७ जना र मृत्यु हुने संख्या ५ सय छजना पुगेको छ । चिबामा संक्रमित २५ हजार ५ सय ६२ जना र ३ सय ९५ जना जनाको मृत्यु भएको छ ।
होक्काईदोमा संक्रमित १८ हजार ८ सय १४ जना र मृत्यु हुने संख्या ६ सय ५६ जना पुगेको छ । फुकुओकामा संक्रमित १७ हजार ८ सय १९ जना र २ सय ६९ जनाको मृत्यु भएको छ । ह्योगोमा संक्रमित १७ हजार ८ सय छ जना र मृत्यु हुने संख्या ५ सय पाँचजना पुगेको छ । क्योतोमा ९ हजार १८ जना संक्रमित र १ सय ५३ जनाको मृत्यु भएको छ । त्यस्तै ओकिनावामा ८ हजार ८३, इबाराकीमा ५ हजार ५ सय ८२, हिरोसीमामा ५ हजार तीन, सिजुओकामा ५ हजार र गिफुमा ४ हजार ५ सय ६५ जना संक्रमित संख्या पुगेको छ ।
टोकियोमा २ सय ७२, ओसाकामा ६०, खानागावामा १ सय, साईतामामा ८४,आईचीमा ३३, चिबामा १ सय ६३ जना संक्रमित थपिए । त्यस्तै होक्काइदोमा ६३,फुकुओकामा ३२, ह्योगोमा २७,क्योतोमा नौ, ओकिनावामा सात, इबाराकीमा ४६, हिरोसीमामा १८, सिजुओकामा तीन र गिफुमा ११ जना संक्रमित थपिए ।

Leave a Reply