जापानमा ४ लाख संक्रमित निको भए, सक्रिय संक्रमित २६ हजार

-


     मर्दी न्युज    
     फागुन १० गते २०७७ मा प्रकाशित


सन थापा,
जापान, १० फागुन । जापानमा डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित हालसम्म ४ लाख ९ सय नौ जना कोरोना संक्रमित निको भएका छन् । त्यस्तै सक्रिय संक्रमितको संख्या २६ हजार १ सय ७८ जना रहेको छ । सोमबार ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५६ जनाको मृत्यु भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित कोरोना संक्रमितको संख्या ४ लाख २७ हजार ८७ जना पुगेको छ । डायमण्ड प्रिन्सेस क्रूजका १३ जना सहित ७ हजार ५ सय ६२ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

संक्रमितमध्ये १७ हजार ८ सय ४१ जनाको उपचार भइरहेको छ भने ५ सय १० जनाको अवस्था गम्भीर रहेको छ ।

संक्रमित धेरै भएका प्रान्तहरू

टोकियोमा संक्रमित १ लाख ९ हजार ९ सय १२ जना र १ हजार २ सय ७४ जनाको मृत्यु भएको छ ।

ओसाकामा ४६ हजार ६ सय ७९ जना संक्रमित र १ हजार ९२ जनाको मृत्यु भएको छ । त्यसैगरी खानागावामा संक्रमित संख्या ४४ हजार १ सय ८० जना र ६ सय ५५ जनाको मृत्यु भएको छ ।

साईतामामा संक्रमित संख्या २८ हजार ७ सय ५३ जना र ५ सय २६ जनाको मृत्यु भएको छ ।
आईचीमा संक्रमित २५ हजार ६ सय ६१ जना र मृत्यु हुने संख्या ५ सय १२ जना पुगेको छ । चिबामा संक्रमित २५ हजार ६ सय २७ जना र ४ सय पाँच जनाको मृत्यु भएको छ ।
होक्काईदोमा संक्रमित १८ हजार ८ सय ३५ जना र मृत्यु हुने संख्या ६ सय ६० जना पुगेको छ । फुकुओकामा संक्रमित १७ हजार ८ सय ४५ जना र २ सय ७३ जनाको मृत्यु भएको छ । ह्योगोमा संक्रमित १७ हजार ८ सय २० जना र मृत्यु हुने संख्या ५ सय छजना पुगेको छ । क्योतोमा ९ हजार २४ जना संक्रमित र १ सय ५३ जनाको मृत्यु भएको छ । त्यस्तै ओकिनावामा ८ हजार ९३, इबाराकीमा ५ हजार ५ सय ९५, हिरोसीमामा ५ हजार १५, सिजुओकामा ५ हजार पाँच र गिफुमा ४ हजार ५ सय ७४ जना संक्रमित संख्या पुगेको छ ।

टोकियोमा १ सय ७८, ओसाकामा ६२, खानागावामा ९६, साईतामामा १ सय एक,आईचीमा ३०, चिबामा ९९ जना संक्रमित थपिए । त्यस्तै होक्काइदोमा २१ ,फुकुओकामा २६, ह्योगोमा १४,क्योतोमा सात, ओकिनावामा १०, इबाराकीमा १४, हिरोसीमामा १२, सिजुओकामा १४ र गिफुमा १४ जना संक्रमित थपिए ।