जापानमा १०८३ संक्रमित थपिए, ५४ जनाको मृत्यु

सन थापा,
जापान, ११ फागुन । जापानमा मंगलबार १ हजार ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५४ जनाको मृत्यु भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित कोरोना संक्रमितको संख्या ४ लाख २८ हजार १ सय नौजना पुगेको छ । त्यस्तै डायमण्ड प्रिन्सेस क्रूजका १३ जना सहित ७ हजार ६ सय १६ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ । डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित हालसम्म ४ लाख २ हजार ४ सय ६८ जना कोरोना संक्रमित निको भएका छन् । आईतबार १० हजार ३ सय ५६ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

संक्रमितमध्ये १६ हजार ७ सय ८० जनाको उपचार भइरहेको छ भने ४ सय ९१ जनाको अवस्था गम्भीर रहेको छ ।

संक्रमित धेरै भएका प्रान्तहरू

टोकियोमा संक्रमित १ लाख १० हजार १ सय ८७ जना र १ हजार २ सय ८५ जनाको मृत्यु भएको छ ।

ओसाकामा ४६ हजार ७ सय ७९ जना संक्रमित र १ हजार ९७ जनाको मृत्यु भएको छ । त्यसैगरी खानागावामा संक्रमित संख्या ४४ हजार २ सय ७७ जना र ६ सय ६० जनाको मृत्यु भएको छ ।
साईतामामा संक्रमित संख्या २८ हजार ८ सय ५८ जना र ५ सय ३१ जनाको मृत्यु भएको छ ।
आईचीमा संक्रमित २५ हजार ७ सय ५१ जना र मृत्यु हुने संख्या ५ सय १३ जना पुगेको छ । चिबामा संक्रमित २५ हजार ६ सय ७८ जना र ४ सय १६ जनाको मृत्यु भएको छ ।
होक्काईदोमा संक्रमित १८ हजार ९ सय एकजना र मृत्यु हुने संख्या ६ सय ६५ जना पुगेको छ । फुकुओकामा संक्रमित १७ हजार ८ सय ९० जना र २ सय ७५ जनाको मृत्यु भएको छ । ह्योगोमा संक्रमित १७ हजार ८ सय ४४ जना र मृत्यु हुने संख्या ५ सय नौजना पुगेको छ । क्योतोमा ९ हजार ३२ जना संक्रमित र १ सय ५४ जनाको मृत्यु भएको छ । त्यस्तै ओकिनावामा ८ हजार १ सय नौ, इबाराकीमा ५ हजार ६ सय ११, सिजुओकामा ५ हजार ४६, हिरोसीमामा ५ हजार नौ र गिफुमा ४ हजार ५ सय ८६ जना संक्रमित संख्या पुगेको छ ।
टोकियोमा २ सय ७५, ओसाकामा १ सय, खानागावामा ९७, साईतामामा १ सय पाँच,आईचीमा ९०, चिबामा ५१ जना संक्रमित थपिए । त्यस्तै होक्काइदोमा ६६, फुकुओकामा ४५, ह्योगोमा २४, क्योतोमा आठ, ओकिनावामा १७, इबाराकीमा १६, हिरोसीमामा चार, सिजुओकामा १६ र गिफुमा १२ जना संक्रमित थपिए ।
यसैबिच क्योतो ओसाका र ह्योगो प्रान्तका गभर्नरहरूले मंगलबार भिडीयो सम्मेलन मार्फत आपतकाल हटाउन केन्द्रीय सरकारलाई आग्रह गरेका छन् ।

Leave a Reply