जापानमा बुधबार ९२१ जनामा संक्रमण, ६९ जनाको मृत्यु

-


     मर्दी न्युज    
     फागुन १२ गते २०७७ मा प्रकाशित


सन थापा,
जापान, १२ फागुन । जापानमा बुधबार ९ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६९ जनाको मृत्यु भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित कोरोना संक्रमितको संख्या ४ लाख २९ हजार ८८ जना पुगेको छ । त्यस्तै डायमण्ड प्रिन्सेस क्रूजका १३ जना सहित ७ हजार ६ सय ८५ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ । डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित हालसम्म ४ लाख ४ हजार ४० जना कोरोना संक्रमित निको भएका छन् ।

संक्रमितमध्ये १६ हजार १ सय नौ जनाको उपचार भइरहेको छ भने ४ सय ६७ जनाको अवस्था गम्भीर रहेको छ ।

संक्रमित धेरै भएका प्रान्तहरू

टोकियोमा संक्रमित १ लाख १० हजार ४ सय जना र १ हजार ३ सय दुईजनाको मृत्यु भएको छ ।

ओसाकामा ४६ हजार ८ सय ४१ जना संक्रमित र १ हजार १ सय एकजनाको मृत्यु भएको छ । त्यसैगरी खानागावामा संक्रमित संख्या ४४ हजार ३ सय ७० जना र ६ सय ६८ जनाको मृत्यु भएको छ ।
साईतामामा संक्रमित संख्या २८ हजार ९ सय १७ जना र ५ सय ३४ जनाको मृत्यु भएको छ ।


आईचीमा संक्रमित २५ हजार ८ सय ७७ जना र मृत्यु हुने संख्या ५ सय १६ जना पुगेको छ । चिबामा संक्रमित २५ हजार ७ सय २४ जना र ४ सय २६ जनाको मृत्यु भएको छ ।
होक्काईदोमा संक्रमित १८ हजार ९ सय ४४ जना र मृत्यु हुने संख्या ६ सय ६७ जना पुगेको छ । फुकुओकामा संक्रमित १७ हजार ९ सय १६ जना र २ सय ८१ जनाको मृत्यु भएको छ । ह्योगोमा संक्रमित १७ हजार ८ सय ६२ जना र मृत्यु हुने संख्या ५ सय १६ जना पुगेको छ । क्योतोमा ९ हजार ३९ जना संक्रमित र १ सय ५४ जनाको मृत्यु भएको छ । त्यस्तै ओकिनावामा ८ हजार १ सय २१, इबाराकीमा ५ हजार ६ सय ६९, सिजुओकामा ५ हजार ७२, हिरोसीमामा ५ हजार १४ र गिफुमा ४ हजार ५ सय ९९ जना संक्रमित संख्या पुगेको छ ।


टोकियोमा २ सय १३, ओसाकामा ६२, खानागावामा ९३, साईतामामा ५९,आईचीमा १ सय २७, चिबामा ४६ जना संक्रमित थपिए । त्यस्तै होक्काइदोमा ४३, फुकुओकामा २६, ह्योगोमा १८, क्योतोमा सात, ओकिनावामा १२, इबाराकीमा ५८, हिरोसीमामा २६, सिजुओकामा पाँच र गिफुमा १३ जना संक्रमित थपिए ।