मृगौला पीडितलाई आर्थिक सहयोग हस्तान्तरण

-


     मर्दी न्युज    
     फागुन १३ गते २०७७ मा प्रकाशित


पोखरा, १३ फागुन । स्याङ्जा बिरुवा गाउँपालिका ३ का ५४ वर्षीय मृगौला रोग पीडित केरबहादुर गुरुङलाई उपचार गर्न आर्थिक सहयोग जुटेको छ।

स्वदेश तथा विदेशमा रहेका पुतलीबजार नगरपालिका २ का कोल्बोट– दालिङ – बरानो – मुलाबारीका भाइखलकबाट रु. २ लाख ४१ हजार ६६०, चेलीबेटीहरुले संकलन गरेको रु. २ लाख १२ हजार ७६० र अन्य सहयोगीहरुबाट ६ हजार गरी जम्मा रु. ४ लाख ६० हजार ४२० रुपैयाँ बिहीवार पोखरामा भेट गरी सहयोग रकम हस्तान्तरण गरेको हो ।

आर्थिक अवस्था कमजोर भएका गुरुङको उपचारमा समस्या भएपछि भाइखलकले सहयोग संकलन गरेको हो ।

पीडित गुरुङ नेपाल प्रहरीका पूर्व हवल्दार हुन् भने उनी विगत ८ वर्षदेखि उच्च रक्तचाप र मधुमेह रोगबाट समेत पीडित छन् । उनी गत मंसिरदेखि पोखराको चरक अस्पतालमा उपचार गराइराखेका छन्।