नायिका मिथिला शर्मालाई पुरस्कार

पोखरा, १३ फागुन । नायिका मिथिला शर्मालाई संगीत प्रशिक्षण केन्द्र पोखराद्वारा सम्मान गरिने भएको छ । संगीत प्रशिक्षण केन्द्र पोखराद्वारा संचालित ‘लालबहादुर चण्डेश्वरी ढेवाजू स्मृति संगीत पुरस्कार’बाट सम्मान गरिने भएको हो ।

उक्त पुरस्कार आउँदो २७ गते प्रदान गरिने छ भने पुरस्कारको राशी १ लाखको रहेको छ । यसअघि यस पुरस्कारबाट नेपाली संगीत जगतका प्रतिभाहरु स्वर्गीय अम्बर गुरुङ, अर्का प्रसिद्ध गायक दिप श्रेष्ठ र रन्जित गजमेर पुरस्कृत भइसकेका छन् ।

Leave a Reply