पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ८ सय ७२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ८४ जना संक्रणमुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाबाट निको हुनेहरुको संख्या २ लाख ७० हजार २ सय २३ रहेको छ भने मृतकको संख्या २ हजार ७ सय ६७ पुगेको छ ।

Leave a Reply