जापानमा १०७६ जना संक्रमित, ७४ को मृत्यु

-


     मर्दी न्युज    
     फागुन १३ गते २०७७ मा प्रकाशित


सन थापा,
जापान, १३ फागुन । जापानमा बिहीबार १ हजार ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ७४ जनाको मृत्यु भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित कोरोना संक्रमितको संख्या ४ लाख ३० हजार १ सय ६५ जना पुगेको छ । त्यस्तै डायमण्ड प्रिन्सेस क्रूजका १३ जना सहित ७ हजार ७ सय ५९ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ । डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित हालसम्म ४ लाख ५ हजार ९ सय १६ जना कोरोना संक्रमित निको भएका छन् ।

मंगलबार २० हजार ६ सय १९ जनाको पिसीआर परीक्षण गरिएको थियो ।
संक्रमितमध्ये १५ हजार ३ सय १३ जनाको उपचार भइरहेको छ भने ४ सय ७२ जनाको अवस्था गम्भीर रहेको छ ।

संक्रमित धेरै भएका प्रान्तहरू

टोकियोमा संक्रमित १ लाख १० हजार ७ सय ४० जना र १ हजार ३ सय दुईजनाको मृत्यु भएको छ ।

ओसाकामा ४६ हजार ९ सय २३ जना संक्रमित र १ हजार १ सय एकजनाको मृत्यु भएको छ । त्यसैगरी खानागावामा संक्रमित संख्या ४४ हजार ४ सय ८९ जना र ६ सय ६८ जनाको मृत्यु भएको छ ।

साईतामामा संक्रमित संख्या २९ हजार २८ जना र ५ सय ३४ जनाको मृत्यु भएको छ ।
आईचीमा संक्रमित २५ हजार ९ सय ८४ जना र मृत्यु हुने संख्या ५ सय १६ जना पुगेको छ । चिबामा संक्रमित २५ हजार ७ सय ६६ जना र ४ सय २६ जनाको मृत्यु भएको छ ।

होक्काईदोमा संक्रमित १८ हजार ९ सय ८७ जना र मृत्यु हुने संख्या ६ सय ६७ जना पुगेको छ । फुकुओकामा संक्रमित १७ हजार ९ सय ५५ जना र २ सय ८१ जनाको मृत्यु भएको छ । ह्योगोमा संक्रमित १७ हजार ८ सय ९८ जना र मृत्यु हुने संख्या ५ सय १६ जना पुगेको छ । क्योतोमा ९ हजार ४६ जना संक्रमित र १ सय ५४ जनाको मृत्यु भएको छ । त्यस्तै ओकिनावामा ८ हजार १ सय ३६, इबाराकीमा ५ हजार ६ सय ८२, सिजुओकामा ५ हजार ८२, हिरोसीमामा ५ हजार २० र गिफुमा ४ हजार ६ सय सातजना संक्रमित संख्या पुगेको छ ।

टोकियोमा ३ सय ४०, ओसाकामा ८२, खानागावामा १ सय १९, साईतामामा १ सय ११,आईचीमा १ सय सात, चिबामा ४१ जना संक्रमित थपिए । त्यस्तै होक्काइदोमा ४३, फुकुओकामा ३९, ह्योगोमा ३६, क्योतोमा सात, ओकिनावामा १५, इबाराकीमा १३, हिरोसीमामा २०, सिजुओकामा छ र गिफुमा आठजना संक्रमित थपिए ।

यसैबिच सरकारले क्योतो, ओसाका, ह्योगो, आइची र गिफु प्रान्तमा आपतकाल हटाउने बारे सरोकारवाला निकाय सँग छलफल गरेको छ । बिहीबार क्याबिनेट मुख्य सचिव काचुनोबु कातोले संक्रमणको अवस्था र स्वास्थ्य प्रणालीको बारेमा विज्ञहरूको सल्लाह समितिको परामर्शपछि निर्णय गरिने बताए । फेब्रुवरीको अन्त्यसम्म यी पाँच प्रान्तमा आपतकाल हटाउन सकिने र फुकुओकाको स्वास्थ्य प्रणाली बारे सूक्ष्म मापन भइरहेको अधिकारीहरूले जनाएका छन् ।