इन्धनको मूल्य फेरि बढ्यो

-


     मर्दी न्युज    
     चैत्र ३ गते २०७७ मा प्रकाशित


Mardi News

काठमाडौँ । नेपाल आयल निगमले आज पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोल, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँले बढेको छ ।

नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागु हुने गरी डिजेल र प्रेट्रोलमा प्रतिलिटर दुई रुपैयाँका दरले बढाइको हो ।

नयाँ मूल्य अनुसार पेट्रोल ११८ तथा डिजेल र मट्टितेल १०१ रुपैयाँ प्रतिलिटर भएको छ । यस्तै हवाई इन्धन आन्तरिकको साविक मूल्यमा रु दुईले वृद्धि हुँदा प्रतिलिटर रु ७४ पुगेको छ । खान पकाउने एलपी ग्यास तथा हवाई इन्धन अन्तर्राष्ट्रियतर्फको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत नै राखिएको छ ।

मूल्य वृद्धिपछि पनि निगमलाई पेट्रोलमा नौ रुपैयाँ ३५ पैसा, डिजेलमा प्रतिलिटर पाँच रुपैयाँ ८० पैसा तथा खाना पकाउने एलपी ग्याासमा प्रतिसिलिण्डर ३९२ रुपैयाँ ८२ पैसा घाटा रहेको छ । त्यसआधारमा अर्धमासिक रुपमा निगमलाई रु एक अर्ब २७ करोड ७० लाख बराबरको घाटा रहेको दाबी गरिएको छ ।