युवा पर्वतारोही राजु परियार पोखरामा सम्मानित

पछिल्लो समय पर्वतारोहण तथा साहसिक गतिविधिहरुमा पोखरेली युवाहरूको आकर्षण बढ्दै गएको छ ।

आफ्नो अदम्य साहस र बिरता प्रदर्शन गरेर बिश्व रेकर्ड बनाएका निर्मल पुर्जा (निम्स दाइ), सगरमाथा उचाई मापन टोलिको सफल नेतृत्व गर्नुभएका नेपाली सर्भे टोलि प्रमुख खिमलाल गौतम, नोल्स (अमेरिका) का प्रशिक्षक, म्याराथन धावक, बहु प्रतिभाशाली जगन तिमिल्सिना, एचआईभी संक्रमण भएपनि बलियो आत्मबल सहित सगरमाथा आरोहण गरेका गोपाल श्रेष्ठ, बयोबृद्द आरोही मीन बहादुर शेरचन, चर्चित सगरमाथा आरोही ईमान शिंह गुरुङ, आरोहण सफल नभएपनि कान्छो सगरमाथा आरोही बन्न खोजेका अरबिन तिमिल्सिना जस्ता दर्जनौं प्रेरणादायी आरोहीहरु भएको गण्डकी प्रदेश पर्वतारोहण क्षेत्रमा बत्ति मुनिको अंध्यारो जस्तै भएको थियो ।

तिनै संझनामा आइरहने नायकहरु बाट प्रभावित भएर यस प्रदेशका युवाहरुपनि केहि नयाँगर्ने उत्साह साथ अगाडि बढेका छन। आफ्नो सोखले प्याराग्लाइडिङ्ग पाइलट सर्टिफाइड राजु परियार माछापुच्छ्रे गाउँपालिका-६, धिताल, अस्ताम गाउँका युवा हुन् । साहसिक गतिविधिमा लगाव भएका राजु गएको हप्ता आफ्नो साथीहरू नुर्बु तामाङ र राजिब राईको साथमा मर्दी हिमाल (५५८३ मि) को आरोहण गरेर पोखरा आइपुगेका छन् ।

उहाँलाई सोमवार एक कार्यक्रम बीच सम्मान गरिएको छ। कर्मा फ्लाइटस फाउन्डेसनले गरेको सम्मान कार्यक्रममा फाउन्डेसनका अध्यक्ष भुपाल सिंह गुरुङले सम्मान पत्र तथा अबिर र खादालगाएर सम्मान गर्नुका साथै प्रतिकुल मौसमका बाबजुद आरोहण सफल भएकोमा खुसी व्यक्त गर्नुभयो । सफल आरोही राजुले यो एउटा सुरुवात भएको र सबैको साथ र सहयोग लिएर भबिष्यमा अरु हिमालको आरोहण गर्ने बताउनुभयो ।

कर्मा फ्लाइटस फाउन्डेसनका सचिव श्री प्रेम बहादुर कुंवरले आफ्ना सहकर्मीले आरोहण सफल पारेर फर्केकोमा खुसी व्यक्तगर्दै आरोहणको दौरानमा लागेको खर्च संस्थाले बेहोर्ने बताउनुभयो । पदयात्रा पर्यटनलाई मध्यम स्तरका (५५००-६५०० मि) हिमाल आरोहण संग जोड्न सकेमा पर्यटकहरुको बसाइ लम्बिने तथा नेपालीहरुको रोजगारी र आयमा समेत सकारात्मक प्रभाव पर्ने देखिन्छ । रेणुका कार्कीले संचालन गरेको उक्त औपचारिक कार्यकमको बीचमा कर्मा फाउन्डेसनका पदाधिकारीहरु, नेपाल पर्वतारोहण संघका अध्यक्ष शेषकान्त शर्मा लगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

Leave a Reply