फैसला पुनरावलोकनको माग गर्दै माओवादी केन्द्र आज सर्वोच्च जाँदै

-


     मर्दी न्युज    
     चैत्र १७ गते २०७७ मा प्रकाशित


काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले आज मंगलवार पुनरावलोकनको निवेदन दिँदै छ । फागुन २३ गते सर्वोच्चले गरेको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले पुनरावलोकनका लागि अदालत जाने तयारी गरेको हो ।

आज बिहान ११ बजे माओवादी केन्द्र सर्वोच्च अदालत पुग्ने स्रोतले जानकारी दिएको छ ।

माओवादी केन्द्रले नेकपा विवादमा सर्वोच्चको फैसलाप्रति चित्त नबुझेको भन्दै फैसला पुनरावलोकनका लागि सर्वोच्च जाने निर्णय गरेको थियो । कानुन व्यवसायीहरूले पनि सर्वोच्चको फैसलाबारे पुनरावलोकनमा जान सकिने सुझाव दिएका थिए ।

न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले ऋषि कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिँदै एमाले र माओवादी केन्द्रबीचको एकता बदर गर्ने फैसला गरेको थियो । सो फैसला राजनीतिक भएको भन्दै माओवादी केन्द्र असन्तुष्ट छ ।