रिङ्ग रेस्लिङ च्याम्पियनसिप पोखरामा हुने

राष्ट्रिय खेलकुद परिषदको आयोजनामा यही चैत २० र २१ गते ( आउदो शुक्रबार र शनिबार ) पोखरा रंगशालाको कभर्डहलमा हुन गइरहेको रिङ्ग रेस्लिङ राष्ट्रिय च्याम्पियनसिपका लागि सम्पूर्ण खेलाडीहरु पोखरा आइपुगेका छन ।

खेलाडीहरु लाई स्वागतगर्न पोखरा महानगरपालिका का मेयर मान बहादुर जिसि, राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य श्री राजेश गुरुङ, सुवर्ण श्रेष्ठ, कास्की जिल्ला भलिबल संघका अध्यक्ष श्री भिम पराजुली, खेलप्रेमी महानुभावहरु, पत्रकारहरु उपस्थित भएका थिए ।

पोखरा महानगरपालिकाका मेयर श्री मान बहादुर जिसिले सम्पुर्ण खेलाडीहरुलाई अबिर तथा खादालगाएर स्वागत गर्दै खेलाडीहरु राष्ट्रका गहना भएकोेले स्वास्थको लागि र राष्ट्रको लागि खेल्नुपर्ने बताउदै पोखराको बसाइ शुखद र आनन्दमय रहोस भन्ने कामना गर्नुभयो । खेलमा अनुशासनको महत्त्व हुने र खेलाडीको जिबन पनि अनुशासित हुने समेत उहाँले बताउनुभयो ।

Leave a Reply