आहा ! रारा गोल्डकपः घरेलु टीम सहारालाई हराउँदै एपीएफ सेमिफाइनलमा

पोखरा । ‘आहा रारा गोल्डप’को उद्घाटन खेलमा नेपाल एपीएफ क्लबले आयोजक सहारा क्लब पोखरालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा शनिवार भएको खेलमा आयोजक सहारा क्लब पोखरालाई १–० गोलले हराउँदै एपीएफ सेमिफाइनलमा पुगेको हो । एपीएफको लागि आशिष लामाले निर्णायक गोल गरेपछि एपीएफ क्लब सेमिफाइनल प्रवेश गरेको हो ।

आज शुरु भएको १९ औ संस्करणको आहा रारा गोल्डकपको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८७ औं मिनेटमा प्रदिप लामाको पासमा डिबक्स भित्रबाट आशिषले उत्कृष्ट गोल गर्दै एपीएफलाई जिताएका हुन् ।

जितसँगै अन्तिम चारमा पुगेको एपीएफले फाइनल प्रवेशका लागि सोमवार हुने संकटा क्लब र मनाङ–मस्र्याङ्दी क्लबबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।

आइतबार हुने प्रतियोगितामा मछिन्द्र क्लब र अफ्रिकन रुट एसोसियसनबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा स्वदेशी तथा बिदेशी गरी कुल ८ वटा टिमको सहभागिता रहेको छ ।

चैत २८ गतेसम्म पोखरा रंगशालामा चल्ने प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 

Leave a Reply