जापानमा २६५६ जना संक्रमित २८ को मृत्यु, ओसाकामा हालसम्मकै उच्च संक्रमण

सन थापा,
जापान, २४ चैत । जापानमा पछिल्लो २४ घण्टामा २ हजार ६ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २८ जनाको मृत्यु भएको छ । ४७ प्रान्तमध्ये तीन प्रान्तमा मंगलबार संक्रमण शून्य रह्यो भने सात प्रान्तमा १ सय भन्दा बढी संक्रमित थपिए । ओसाकामा हालसम्मकै उच्च ७ सय १९ जनामा संक्रमण पुष्टि भएको छ । टोकियोमा ३ सय ९९, ह्योगोमा २ सय ७६, साईतामामा १ सय १६, आईचीमा १ सय १२, मियागीमा १ सय तीन, खानागावामा १ सय, ओकिनावामा ९८, जना संक्रमित थपिए । त्यस्तै नारामा ७८, होक्काइदोमा ६३, चिबामा ६२ , क्योतोमा ५५ र फुकुओकामा ५१ जना संक्रमित थपिए ।


योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित कोरोना संक्रमितको संख्या ४ लाख ९० हजार ७ सय ११ जना पुगेको छ । आईतबार १५ हजार ३ सय ३२ जनाको पिसीआर परीक्षण गरिएको थियो ।
त्यस्तै प्रिन्सेस क्रूजका १३ जना सहित ९ हजार २ सय ९६ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित हालसम्म ४ लाख ५४ हजार ७ सय १४ जना कोरोना संक्रमित निको भएका छन् ।

संक्रमितमध्ये २३ हजार ७ सय तीन जनाको उपचार भइरहेको छ भने ४ सय ५१ जनाको अवस्था गम्भीर रहेको छ ।

५ हजारभन्दा धेरै संक्रमित भएका प्रान्तहरू

टोकियोमा १ लाख २३ हजार ३ सय ५०, ओसाकामा ५५ हजार ७ सय ४९, खानागावामा ४८ हजार ७ सय ७४, साईतामामा ३३ हजार ६ सय छ, चिबामा ३० हजार १ सय ८८, आईचीमा २८ हजार १३, होक्काईदोमा २१ हजार ३ सय ६१, ह्योगोमा २१ हजार २ सय नौ, फुकुओकामा १९ हजार २ सय ११, ओकिनावामा १० हजार ३९ र क्योतोमा ९ हजार ८ सय ४४, जना संक्रमित भएका छन् । त्यस्तै इबाराकीमा ६ हजार ९ सय आठ, मियागीमा ६ हजार ६ सय ६१, सिजुओकामा ५ हजार ८ सय ५२, हिरोसीमामा ५ हजार २ सय २२ र गुन्मामा ५ हजार १ सय ३१ जना संक्रमित संख्या पुगेको छ ।

मृत्यु संख्या धेरै भएका प्रान्तहरू

टोकियोमा १ हजार ७ सय ८५, ओसाकामा १ हजार १ सय ९७, खानागावामा ७ सय ८९, साईतामामा ७ सय नौ, चिबामा ५ सय ८०, आईचीमा ५ सय ९४, होक्काइदोमा ७ सय ६०, फुकुओकामा ३ सय ३३, ह्योगोमा ५ सय ९७ र क्योतोमा १ सय ७१ जनाको मृत्यु भएको छ ।

Leave a Reply