रात्रीकालीन व्यवसाय ९ बजेपछि बन्द गर्न सरकारको आग्रह

काठमाडौं । सरकारले रात्रीकालीन व्यवसाय राती ९ बजेपछि बन्द गर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सूचना जारी गर्दै रात्रीकालीन व्यवसाय र रेष्टुरेण्टहरू ९ बजेपछि बन्द गर्न आग्रह गरेको हो ।

मन्त्रालयले बुधबार सूचना जारी गर्दै जनस्वास्थ्य मापदण्डको उल्लंघन बढ्दै गएको र बेलायत भेरियन्टको बढ्दो संख्यामा ध्यान राख्दै मास्क प्रयोग नगर्नेलाई सबै जिल्ला प्रशासन कार्यालयले संक्रामक रोग ऐनबमोजिम कारबाही गर्न अनुरोध गरेको हो ।

त्यसैगरी संक्रमणको अवस्था हेरी ठूला सहरमा ५०० भन्दा बढी र साना सहरमा १०० भन्दा बढी सक्रिय संक्रमित देखिएमा ती स्थानमा आवगमनमा कडाइ गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले काठमाडौं लगायतका शहरहरुमा कोरोना संक्रमण दर बढ्ने क्रममा रहेको दाबी गर्दै शैक्षिक संस्थाहरु र अन्य भीडभाड हुने ठाउँमा सतर्कता अप्नाउन आग्रह गरेको छ । जारी सूचनामा भीडभाड हुने स्थान सिनेमा हल, स्वीमिङ पुल, मन्दिर लगायतका क्षेत्रमा उच्च सतर्कता अपनाउन आह्वान गरेको छ ।

मन्त्रालयले विदेशबाट आउनेहरुका लागि अनिवार्य क्वारेन्टिनमा राख्न समेत आग्रह गरेको छ ।

Leave a Reply