आहा रारा गोल्डकपः एपीएफलाई हराउँदै संकटा फाइनलमा

पोखरा । पोखरामा जारी १९ औं आहा रारा गोल्डकपमा संकटाले सशस्त्र प्रहरी (एपीएफ) क्लबलाई २–० अन्तरले पराजित गरेको छ । जितसँगै संकटा प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

प्रतियोगितामा संकटाका लागि ३३ औं मिनेटमा सुवास गुरुङले गरेको गोलसँगै पहिलो हाफमा १–० को अग्रता लिएको संकटाका लागि खेलको अन्तिम मिनेटमा ग्लोरीले दोस्रो गोल गरेका थिए । 

खेलको ९०औ मिनेटमा ग्लोरीले गरेको गोलसँग फाइनल प्रबेश गरेको संकटाले उपाधिका लागि बिहिबार हुने अफ्रिकन रूट एसोसिएसन र नेपाल पुलिस क्लबबीचको खेल हुने छ ।

 प्रतियोगितामा स्वदेशी तथा बिदेशी गरी कुल ८ वटा टिमको सहभागिता रहेको छ । चैत २८ गतेसम्म पोखरा रंगशालामा चल्ने प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

Leave a Reply