जापानमा थप ३४५१ जना संक्रमित ३० को मृत्यु, हटस्पट बन्दै ओसाका

सन थापा,
जापान, २५ चैत । जापानमा पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३० जनाको मृत्यु भएको छ । ४७ प्रान्तमध्ये तीन प्रान्तमा बुधबार संक्रमण शून्य रह्यो भने सात प्रान्तमा १ सय भन्दा बढी संक्रमित थपिए । पछिल्लो समय संक्रमणको हटस्पट बन्दै गएको ओसाकामा ८ सय ७८ जनामा संक्रमण पुष्टि भएको छ । मंगलबार ७ सय १९ जना संक्रमित भएका थिए । टोकियोमा ५ सय ५५, ह्योगोमा ३ सय २८, आईचीमा १ सय ८८, साईतामामा १ सय ५८, ओकिनावामा १ सय ५५, खानागावामा १ सय १८, मियागीमा १ सय १८, जना संक्रमित थपिए । त्यस्तै क्योतोमा ९३, नारामा ८१, होक्काइदोमा ७६, चिबामा ७२ , नागानोमा ४८ र फुकुओकामा ४२ जना संक्रमित थपिए ।

योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित कोरोना संक्रमितको संख्या ४ लाख ९४ हजार १ सय ६० जना पुगेको छ । सोमबार ४१ हजार ७ सय ७० जनाको पिसीआर परीक्षण गरिएको थियो ।

त्यस्तै प्रिन्सेस क्रूजका १३ जना सहित ९ हजार ३ सय २६ जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ । प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित हालसम्म ४ लाख ५६ हजार ४१ जना कोरोना संक्रमित निको भएका छन् ।

संक्रमितमध्ये २४ हजार ३ सय ६० जनाको उपचार भइरहेको छ भने ४ सय ५६ जनाको अवस्था गम्भीर रहेको छ ।

५ हजारभन्दा धेरै संक्रमित भएका प्रान्तहरू

टोकियोमा १ लाख २३ हजार ९ सय पाँच, ओसाकामा ५६ हजार ६ सय २६, खानागावामा ४८ हजार ८ सय ९२, साईतामामा ३३ हजार ७ सय ६३, चिबामा ३० हजार २ सय ६४, आईचीमा २८ हजार २ सय एक, ह्योगोमा २१ हजार ५ सय ३६, होक्काईदोमा २१ हजार ४ सय ३३, फुकुओकामा १९ हजार २ सय ५३, ओकिनावामा १० हजार १ सय ९४ र क्योतोमा ९ हजार ९ सय ३७ जना संक्रमित भएका छन् । त्यस्तै इबाराकीमा ६ हजार ९ सय ५४, मियागीमा ६ हजार ७ सय ७९, सिजुओकामा ५ हजार ८ सय ७३, हिरोसीमामा ५ हजार २ सय २९ र गुन्मामा ५ हजार १ सय ५६ जना संक्रमित संख्या पुगेको छ ।

मृत्यु संख्या धेरै भएका प्रान्तहरू

टोकियोमा १ हजार ७ सय ८९, ओसाकामा १ हजार १ सय ९९, खानागावामा ७ सय ९२, साईतामामा ७ सय ११, चिबामा ५ सय ८१, आईचीमा ५ सय ९६, होक्काइदोमा ७ सय ६०, फुकुओकामा ३ सय ३४, ह्योगोमा ५ सय ९९ र क्योतोमा १ सय ७१ जनाको मृत्यु भएको छ ।

Leave a Reply