पत्रकार महासंघ कास्की अध्यक्षमा बिमला

पोखरा । नेपाल पत्रकार महासंघ, कास्कीको अध्यक्षमा विमला भण्डारी विजयी भएकी छन् । भण्डारी पत्रकार महासंघ, कास्कीकी पहिलो महिला अध्यक्ष बनेकी हुन् ।

काँग्रेस निकट प्रेस युनियन, माओवादी केन्द्र निकट प्रेस सेन्टर र माधव नेपाल समूह निकटको चौतारीको गठबन्धन नेतृत्व लिएकी भण्डारीले प्रेस चौतारी र प्रेस मञ्च गठबन्धनका केशवशरण लामिछानेलाई ५३ मतले पराजित गरेकी हुन् । विमलाले १७४ मत प्राप्त गरिन भने अर्का प्रत्यासी केशवशरणले १२१ मत ल्याए ।

यस्तै, उपाध्यक्षमा रामप्रसाद तिमिल्सिना विजयी भए । उनले चौतारीका अर्जुन गिरीलाई ५० मतले पराजित गरे। रामप्रसादले १७४ मत प्राप्त गर्दा अर्जुन गिरीले १२२ मत प्राप्त गरे ।

महिला उपाध्यक्षमा जमुना वर्षा शर्माले जितिन् । जमुनाको पक्षमा १५१ र रबिना आलेको पक्षमा १४३ मत खस्यो ।

सचिवमा केशव शरण प्यानलबाट प्रेस चौतारीका माधब बरालले १४ मतले दीपक परियारलाई जिते । माधवले १५५ र दीपकले १४१ मत ल्याए ।

त्यस्तै खुला सदस्यतर्फ कञ्चन थापा, गीता रानामगर, धनबहादुर गुरुङ (सुमन), प्रभु अधिकारी, सन्तोष सुवेदी, शिवराज बस्ताकोटी (शिव दाइ), सन्तोष बस्याल, युवराज गुरुङ (युनिस) र हरि पन्त विजयी भएका छन् ।

त्यस्तै राष्ट्रिय परिषद् सदस्यमा राजबहादुर गुरुङ, कमल पौडेल अथक, गङ्गाधर पराजुली, आरजु विष्ट सल्यानी र श्यामनाथ कुँवर विजयी भएका छन् ।

Leave a Reply