आहा ! रारा गोल्डकपः अफ्रिकन रुट्सको पहिलो अग्रता

पोखरा । पोखरामा जारी १९औं आहा ! रारा गोल्डकपको शनिवार भएको फाइनल खेलमा संकटा क्लबविरुद्ध अफ्रिकन रुट्सले पहिलो अग्रता लिएको छ। अफ्रिकन रुट्सका ज्याकस बसीकले खेल सुरुवातको दसौं मिनेटमा नै पहिलो गोल गरेका हुन्।

भर्खरै पहिलो आफ सकिएको छ । खेलको सुरुवातदेखि नै संकटालाई अफ्रिलकन रुट्स एसोसियसनले निकै दबाब दिइरहेको छ ।

प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी कुल ८ टिमको सहभागिता रहेको यसपटकको आहा रारा गोल्ड कपको फाइनल खेल अहिले पोखरा रंगशालामा भइरहेको छ ।

प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेताले नगद ५ लाख १ हजार प्राप्त गर्ने छ ।

Leave a Reply