१९ औं आहा ! रारा गोल्ड कपको उपाधी संकटालाई

पोखरा । पोखरामा जारी १९औं आहा ! रारा गोल्डकपको उपाधी संकटा क्लबले उचालेको छ ।
शनिवार भएको फाइनल खेलको निर्धारित समयमा संकटा क्लब र अफ्रिकन रुट्सले १–१ को बराबरी खेलेपछि खेल थप ३० मिनेटको अतिरिक्त समयमा पनि कुनै गोल भएन ।

पेनाल्टीमा अफ्रिकन रुट्सले २ गोल खेरा फालेसँगै संकटाले उपाधी चुमेको हो । पेनाल्टीमा संकटाका अमित तामाङ, सुवास गुरुङ,निरज बस्नेत, आयुष घलानले गोल गरेका थिए ।

दोस्रो सेमिफाइनलमा अफ्रिकन रुट्सले नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै फाइनल प्रबेश गरेपछि संकटासँग खेल्ने मौका जुरेको थियो । संकटाले पहिलो सेमिफाइनलमा एपीएफलाई २–० ले हराएर फाइनल पुगेको थियो ।

पाँच पटकसम्म सहभागी संकटाले पहिलो पटक उपाधी जितेको हो । प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी कुल ८ टिमको सहभागिता रहेको थियो ।

संकटाले नगद १० लाख १ हजार रुपैँया हात पारेका छने भने उपविजेतामा सीमित अफ्रिकन रुट्सले नगद ५ लाख १ हजार प्राप्त गरेका छन् । यस्तै अफ्रिकन रुट्सका राफायल रिम उत्कृष्ट मिडफिल्डर हुँदा अफ्रिकन रुट्सकै बासिकले उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकको उपाधि पनि अफ्रिकन रुट्सका सेर्गी बोरिसले हात पारेका छन् । उनीहरुले जनही २५ हजार रुपैयाँ हात पारेका हुन ।

Leave a Reply