जापानमा थपिए ३६९७ जना संक्रमित, २६ को मृत्यु

सन थापा,
जापान, २८ चैत ।
पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २६ जनाको मृत्यु भएको छ । शनिबार ४७ प्रान्तमध्ये कोची र सीमाने प्रान्तमा संक्रमण शून्य रह्यो भने नौ प्रान्तमा १ सय भन्दा बढी संक्रमित थपिए । सबैभन्दा धेरै ओसाकामा ९ सय १८ जनामा संक्रमण पुष्टि भएको छ । टोकियोमा ५ सय ७०, ह्योगोमा ३ सय ५१, आईचीमा १ सय ९७, खानागावामा १ सय ८०, साईतामामा १ सय ४२, ओकिनावामा १ सय ४६, होक्काइदोमा १ सय १६ र मियागीमा १ सय नौ जना संक्रमित थपिए । त्यस्तै चिबामा ९४, क्योतोमा ८४, नारामा ८३, फुकुओकामा ८१ र ओकायामामा ४२ जना संक्रमित थपिए ।


बिहीबार ४२ हजार २ सय ६२ जनाको पिसीआर परीक्षण गरिएको थियो । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित जापानमा कोरोना संक्रमितको कुल संख्या ५ लाख ४ हजार ८ सय ३० पुगेको छ । त्यस्तै प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित हालसम्म ४ लाख ६१ हजार ६ सय ५२ जना कोरोना संक्रमित निको भएका छन् ।
त्यस्तै प्रिन्सेस क्रूजका १३ जना सहित ९ हजार ४ सय चार जनाको मृत्यु भएको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

संक्रमितमध्ये २८ हजार ७ सय ४४ जनाको उपचार भइरहेको छ भने ५ सय ११ जनाको अवस्था गम्भीर रहेको छ ।

१० हजारभन्दा धेरै संक्रमित भएका प्रान्तहरू

टोकियोमा १ लाख २५ हजार ५ सय ५७, ओसाकामा ५९ हजार ३ सय ३२, खानागावामा ४९ हजार ४ सय १५, साईतामामा ३४ हजार १ सय ९०, चिबामा ३० हजार ६ सय ३३, आईचीमा २८ हजार ७ सय १४, ह्योगोमा २२ हजार ५ सय १२, होक्काईदोमा २१ हजार ७ सय ११, फुकुओकामा १९ हजार ४ सय ३५, ओकिनावामा १० हजार ६ सय ११ र क्योतोमा १० हजार २ सय जना संक्रमित भएका छन् ।

मृत्यु संख्या धेरै भएका प्रान्तहरू

टोकियोमा १ हजार ८ सय तीन, ओसाकामा १ हजार २ सय ११, खानागावामा ८ सय, साईतामामा ७ सय १४, चिबामा ५ सय ८६, आईचीमा ५ सय ९८, होक्काइदोमा ७ सय ७४, फुकुओकामा ३ सय ३४, ह्योगोमा ६ सय छ र क्योतोमा १ सय ७४ जनाको मृत्यु भएको छ ।

Leave a Reply