त्रिवि क्रिकेट मैदानमा दर्शकलाई निषेध

-


     मर्दी न्युज    
     वैशाख ७ गते २०७८ मा प्रकाशित


काठमाडौँ । त्रिवि क्रिकेट मैदानमा आजदेखि सञ्चालन हुने त्रिदेशीय क्रिकेट सिरिजका बाँकी खेल हेर्न दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको छ ।

क्यानले विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को बैठकले सार्वजनिक कार्यक्रममा २५ जनाभन्दा बढी जम्मा हुन नपाउने निर्णय गरेकाले त्रिदेशीय टी–२० क्रिकेटको बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ।

क्यानले यस निर्णयसँगै नेपाली क्रिकेट समर्थकलाई परेको असुविधाप्रति क्षमा मागेको छ। यसअघिका खेलमा भने दर्शकले शुल्क तिरेर खेल हेर्न अनुमति पाएका थिए।

सिरिजअन्तर्गत आज नेपालले नेदरल्याण्डविरुद्ध खेल्दै छ। यसअघि नेपालले नेदरल्याण्डलाई पहिलो खेलमा नौ विकेटले पराजित गरेको थियो।

हालसम्मको खेल प्रदर्शनका आधारमा नेपाल तीन देश सम्मिलित सिरिजको शीर्षस्थानमा छ।

नेपाल र नेदरल्याण्डविरुद्धको आजको खेल दिउँसो सवा १ बजे हुनेछ।