कर्मा फ्लाइट्स फाउन्डेसनद्वारा राहत बितरण

पोखरा ।कर्मा फ्लाइट्स फाउन्डेसनद्वारा पोखरा महानगरपालिका वडा नं: ६ को खहरे/ बङ्लादी क्षेत्रका कोभिड-१९ अति प्रभावित बिपन्न परिवारहरुलाई राहत बितरण गरेको छ।

कोरोना प्रभावित प्याराग्लाइडिङ्ग तथा ट्रेकिङको क्षेत्रमा आधारभूत तहमा काम गर्ने मजदुर/श्रमिकहरु लक्षित उक्त राहत बितरण नमस्ते नेपाल संस्था (चेक गणतन्त्र ) तथा  कर्मा फ्लाईट्स  फाउण्डेसन नेपालको  सहकार्य तथा पोखरा महानगरपालिका वडा नं ६ को संयोजनमा फाउन्डेसनले आज २२ घरधुरीलाई राहत स्वरुप खाद्यान्न  उपलव्ध गराएको हो । कर्मा फ्लाइटस फाउन्डेसनको कार्यालय परिशर बङलादीमा  आज बैशाख १४ गते दिउँसो  कार्यक्रम आयोजना गरिएको हो।
फाउण्डेशनका कार्यक्रम निर्देशक प्रेम कुँवरका अनुसार प्रति परिवार २५ केजी चामल, १ केजी नुन, २ केजी दाल, १ केजी चिनी, १ केजी चना, एक लिटर खाने तेल,सोयाबिन २ पाकेट, साबुन २ वटागरी प्रति परिवार रु २५००/- दुईहजार पाँचसय  रुपैयाँ बराबरको राहत सामाग्री वितरण गरिएको हो । 
राहत बितरण कार्यक्रममा आफ्नो संक्षिप्त भनाइ राख्दै पोखरा महानगरपालिका वडा नं ६ का वडा सदस्य हरिकृष्ण  पहारीले पोखरा बैदाममा मात्रै नभै अन्य जिल्लामा समेत प्राकृतिक बिपत्ति तथा महामारीको बेला आफ्नै बलबुतामा आर्थिक श्रोत जुटाएर सामाजिक क्रियाकलापमा सक्रिय फाउन्डेसनको मुक्तकन्ठले प्रशंसा गर्नुभयो। 
नमस्ते नेपाल (चेक गणतन्त्र ) का नेपाल प्रतिनिधि किरण कार्कीले आफ्नो संस्थाले  सामाजिक, मानवीय तथा शैक्षिक  क्षेत्रमा गरेका  गतिविधिहरु बारेमा प्रकाश पार्नुभएको थियो।
कोरोनाको दोस्रो लहर झनै खतरा देखिएको र पुनः लकडाउन हुने अघिल्लो दिन राहत बितरण गरेकोमा बिपन्न परिवारहरु खुशी हुँदै आआफ्नो भाग नाम्लो लगाइ बोकेर निस्केका थिए।

Leave a Reply