जापानमा थप ५९१८ जनामा कोरोना संक्रमण , ७८ जनाको मृत्यु

सन थापा,
जापान । पछिल्लो २४ घण्टामा ५ हजार ८ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६९ जनाको मृत्यु भएको छ । ओसाकामा मात्रै एकैदिन ४४ जनाको मृत्यु भएको छ ।

योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित संक्रमितको कुल संख्या ५ लाख ८९ हजार ४२ पुगेको छ । त्यस्तै प्रिन्सेस क्रूजका १३ जना सहित जापानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार २ सय १७ जना पुगेको छ ।
प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित ५ लाख १६ हजार २ सय १९ जना कोरोना संक्रमित निको भएका छन् ।
मंगलबार ६५ हजार ४ सय आठजनाको पिसीआर परीक्षण गरिएको थियो । संक्रमितमध्ये ९ सय ५१ जनाको अवस्था गम्भीर रहेको छ भने ५४ हजार ९८ जनाको उपचार भइरहेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
बिहीबार १० प्रान्तमा १ सय भन्दा बढी संक्रमित थपिए । सबैभन्दा धेरै ओसाकामा १ हजार १ सय ७२, टोकियोमा ९ हजार २७, ह्योगोमा ५ सय ३४, आईचीमा ४ सय ३०, फुकुओकामा ३ सय ३७, साईतामामा २ सय ५६, खानागावामा २ सय ५५, होक्काइदोमा २ सय ३४, चिबामा १ सय ५२, क्योतोमा १ सय ३६ र ओकायामामा ९९ जना संक्रमित थपिए ।

धेरै संक्रमित प्रान्तहरू

टोकियोमा १ लाख ३८ हजार ३ सय ७८, ओसाकामा ८० हजार १ सय ४५, खानागावामा ५३ हजार २ सय ९४, साईतामामा ३७ हजार ६ सय ५३, आईचीमा ३३ हजार १ सय ९१, चिबामा ३३ हजार दुई, ह्योगोमा ३१ हजार १ सय ७१, होक्काईदोमा २३ हजार ९ सय ८३, फुकुओकामा २३ हजार १ सय २१, ओकिनावामा १२ हजार ४ सय चार र क्योतोमा १२ हजार ३ सय ८८ जना संक्रमित भएका छन् ।

मृत्यु संख्या धेरै भएका प्रान्तहरू

टोकियोमा १ हजार ८ सय ८९, ओसाकामा १ हजार ४ सय ४८, खानागावामा ८ सय १६, साईतामामा ७ सय ४५, चिबामा ६ सय २२, आईचीमा ६ सय २७, होक्काइदोमा ८ सय ५६, फुकुओकामा ३ सय ५०, ह्योगोमा ६ सय ७५ र क्योतोमा १ सय ८६ जनाको मृत्यु भएको छ ।

Leave a Reply