जापानमा कोरोना संक्रमितको संख्या ६ लाख नजिक

सन थापा,
जापान । जापानमा योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित संक्रमितको कुल संख्या ५ लाख ९९ हजार ७ सय पुगेको छ । त्यस्तै प्रिन्सेस क्रूजका १३ जना सहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३ सय ३८ जना पुगेको छ ।

प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित ५ लाख २३ हजार ८ सय ८६ जना कोरोना संक्रमित निको भएका छन् ।
शुक्रबार २६ हजार ४ सय ७८ जनाको पिसीआर परीक्षण गरिएको थियो । संक्रमितमध्ये १ हजार जनाको अवस्था गम्भीर रहेको छ भने ५७ हजार १ सय १९ जनाको उपचार भइरहेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ९ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ७८ जनाको मृत्यु भएको छ ।
शनिबार नौ प्रान्तमा १ सय भन्दा बढी संक्रमित थपिए । सबैभन्दा धेरै ओसाकामा १ हजार २ सय ६२, टोकियोमा १ हजार ५०, ह्योगोमा ५ सय ३९, आईचीमा ३ सय ९८, फुकुओकामा ३ सय ५२, खानागावामा २ सय ७५, साईतामामा २ सय ३६, होक्काइदोमा १ सय ८०, क्योतोमा १ सय ५८, ओकिनावामा १ सय पाँच, चिबामा ९५, र नारामा ९४ जना संक्रमित थपिए ।

धेरै संक्रमित प्रान्तहरू

टोकियोमा १ लाख ४० हजार १ सय २६, ओसाकामा ८२ हजार ४ सय ४७, खानागावामा ५३ हजार ८ सय सात, साईतामामा ३८ हजार ३४, आईचीमा ३३ हजार ८ सय ७५, चिबामा ३३ हजार २ सय ८९, ह्योगोमा ३२ हजार ४३, होक्काईदोमा २४ हजार ४ सय ५०, फुकुओकामा २३ हजार ७ सय ७८,क्योतोमा १२ हजार ६ सय ७२ र ओकिनावामा १२ हजार ५ सय ६८ जना संक्रमित भएका छन् ।

मृत्यु संख्या धेरै भएका प्रान्तहरू

टोकियोमा १ हजार ८ सय ९७, ओसाकामा १ हजार ४ सय ९७, खानागावामा ८ सय २१, साईतामामा ७ सय ४५, चिबामा ६ सय २४, आईचीमा ६ सय ३२, होक्काइदोमा ८ सय ६१, फुकुओकामा ३ सय ५४, ह्योगोमा ६ सय ९० र क्योतोमा १ सय ८६ जनाको मृत्यु भएको छ ।

Leave a Reply