जापानमा थप ५९०० जना कोरोना संक्रमित, गम्भीर बिरामीको संख्या १०५०


सन थापा,
जापान । पछिल्लो २४ घण्टामा ५ हजार ९ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६१ जनाको मृत्यु भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित संक्रमितको कुल संख्या ६ लाख ५ हजार ५ सय ९७ पुगेको छ । त्यस्तै प्रिन्सेस क्रूजका १३ जना सहित जापानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ४ सय जना पुगेको छ । संक्रमितमध्ये १ हजार ५० जनाको अवस्था गम्भीर रहेको छ भने ५८ हजार ७ सय २२ जनाको उपचार भइरहेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित ५ लाख २७ हजार ८ सय ९२ जना कोरोना संक्रमित निको भएका छन् ।
शुक्रबार २६ हजार ४ सय ७८ जनाको पिसीआर परीक्षण गरिएको थियो ।
आईतबार ११ प्रान्तमा १ सय भन्दा बढी संक्रमित थपिए । सबैभन्दा धेरै ओसाकामा १ हजार सय ५७, टोकियोमा ८ सय ७९, ह्योगोमा ५ सय ३९, फुकुओकामा ४ सय ११, आईचीमा ३ सय ५०, होक्काइदोमा ३ सय २६, साईतामामा २ सय ९०, खानागावामा २ सय ४७, चिबामा १ सय ८२, क्योतोमा १ सय ६४, ओकिनावामा १ सय पाँच, ओकायामा १ सय १४ र नारामा ९८ जना संक्रमित थपिए ।

धेरै संक्रमित प्रान्तहरू

टोकियोमा १ लाख ४१ हजार पाँच, ओसाकामा ८३ हजार ५ सय चार, खानागावामा ५४ हजार ५४, साईतामामा ३८ हजार ३ सय २४, आईचीमा ३४ हजार २ सय २५, चिबामा ३३ हजार ४ सय ७१, ह्योगोमा ३२ हजार ५ सय ८१, होक्काईदोमा २४ हजार ६ सय ७६, फुकुओकामा २४ हजार १ सय ९४,क्योतोमा १२ हजार ८ सय ३६ र ओकिनावामा १२ हजार ६ सय २५ जना संक्रमित भएका छन् ।

मृत्युदर धेरै भएका प्रान्तहरू

टोकियोमा १ हजार ८ सय ९८, ओसाकामा १ हजार ५ सय १३, खानागावामा ८ सय २२, साईतामामा ७ सय ४५, चिबामा ६ सय २४, आईचीमा ६ सय ३४, होक्काइदोमा ८ सय ६७, फुकुओकामा ३ सय ५८, ह्योगोमा ७ सय दुई र क्योतोमा १ सय ८६ जनाको मृत्यु भएको छ ।

Leave a Reply