प्रदेश प्रमुख शेरचनलाई पदमुक्त गर्न सिफारिस

-


     मर्दी न्युज    
     वैशाख २० गते २०७८ मा प्रकाशित


काठमाडौं । सरकारले गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेश प्रमुखलाई पनि पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

बालुवाटारमा बसेको आजको बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

उनीहरु दुवै माओवादी निकट हुन् । प्रदेश प्रमुखलाई राष्ट्रपतिले मात्रै हटाउन सक्ने संवैधानिक व्यवस्था छ ।