जापानमा थप ४१९९ जना कोरोना संक्रमित, ५० को मृत्यु

सन थापा,
जापान, २१ वैशाख । पछिल्लो २४ घण्टामा ४ हजार १ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५० जनाको मृत्यु भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना सहित संक्रमितको कुल संख्या ६ लाख १४ हजार २ सय ६४ पुगेको छ । त्यस्तै प्रिन्सेस क्रूजका १३ जना सहित जापानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ५ सय जना पुगेको छ । संक्रमितमध्ये १ हजार ८३ जनाको अवस्था गम्भीर रहेको छ भने ६१ हजार २ सय ९२ जनाको उपचार भइरहेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित ५ लाख ५ हजार ४ सय ९५ जना कोरोना संक्रमित निको भएका छन् ।
आईतबार १३ हजार ४ सय १६ जनाको पिसीआर परीक्षण गरिएको थियो ।
आज १० प्रान्तमा १ सय भन्दा बढी संक्रमित थपिए । सबैभन्दा धेरै ओसाकामा ८ सय ८४, टोकियोमा ६ सय नौ, ह्योगोमा ३ सय ३७, फुकुओकामा २ सय ३९, होक्काइदोमा २ सय ३३, आईचीमा २ सय १९, खानागावामा २ सय १४, साईतामामा १ सय ८५, चिबामा १ सय २४, क्योतोमा १ सय ३३ जना संक्रमित थपिए ।

धेरै संक्रमित प्रान्तहरू

टोकियोमा १ लाख ४२ हजार ३ सय २२, ओसाकामा ८५ हजार २ सय ३५, खानागावामा ५४ हजार ४ सय ९०, साईतामामा ३८ हजार ७ सय सात, आईचीमा ३४ हजार ७ सय ४८, चिबामा ३३ हजार ७ सय ४३, ह्योगोमा ३३ हजार २ सय ६०, होक्काईदोमा २५ हजार २३, फुकुओकामा २४ हजार ७ सय १८,क्योतोमा १३ हजार ७० र ओकिनावामा १२ हजार ७ सय १५ जना संक्रमित भएका छन् ।

मृत्यु संख्या धेरै भएका प्रान्तहरू

टोकियोमा १ हजार ८ सय ९९, ओसाकामा १ हजार ५ सय ५२, खानागावामा ८ सय २३, साईतामामा ७ सय ४५, चिबामा ६ सय २६, आईचीमा ६ सय ३८, होक्काइदोमा ८ सय ७६, फुकुओकामा ३ सय ५८, ह्योगोमा ७ सय आठ र क्योतोमा १ सय ८८ जनाको मृत्यु भएको छ ।

Leave a Reply