माओवादीले बुझायो सरकारको समर्थन फिर्ताको पत्र

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र बुधबार संसद् सचिवालयलाई बुझाएको छ ।

संसद् सचिवालयमा सरकारलाई दिएको समर्थन फिर्ताको पत्र दर्ता गरिएको  माओवादीका प्रमुख सचेतक देव गुरुङले जानकारी दिए । माओवादीले मंगलबार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

माओवादीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री केपी शर्मा ओली सरकार अल्पमतमा परेको छ । ओलीले यही यही वैशाख २७ गते विश्वासको मत लिने यस अघि बताइसकेका छन् ।

Leave a Reply