प्रति १ लाख जनसंख्यामा अत्याधिक कोरोना संक्रमित जापानको १० प्रान्त

-


     मर्दी न्युज    
     वैशाख २२ गते २०७८ मा प्रकाशित


सन थापा,
जापान, २२ वैशाख । जापानको ४७ प्रान्त मध्ये प्रति १ लाख जनसंख्यामा अत्याधिक कोरोना संक्रमितको संख्या रहेको पहिलो प्रान्त ओसाका हो । पछिल्लो समय टोकियोलाई उछिन्दै संक्रमणको दर बढ्दै गएको ओसाकामा करिब ८८ लाख जनसंख्या रहेको छ । यहाँ प्रति १ लाख जनसंख्या मध्ये ८५.४२ जना संक्रमित छन् । त्यस्तै दोस्रो स्थानमा ओसाकाको पश्चिममा अवस्थित ह्योगो प्रान्त परेको छ । झण्डै ५५ लाख जनसंख्या रहेको यस प्रान्तमा प्रति १ लाख जनसंख्यामा ५८.९६ जना संक्रमित छन् । तेस्रो स्थानमा फुकुओका प्रान्त रहेको छ । प्रति १ लाख जनसंख्यामा ४६.५१ जना संक्रमित रहेको फुकुओकामा करिब ५१ लाख जनसंख्या रहेको छ । ओसाकाकै पूर्वमा रहेको नारा प्रान्त चौथो स्थानमा रहेको छ । १३ लाख जनसंख्या रहेको नारामा प्रति १ लाख जनसंख्यामध्ये ४४.५१ जना संक्रमित छन् । राजधानी टोकियोमा भने पाँचौ स्थानमा रहेको छ । प्रति १ लाख जनसंख्यामा ४२.३५ जना संक्रमित भएको टोकियोमा करिब १ करोड ३९ लाख जनसंख्या रहेको छ ।
त्यसैगरी छैटौ स्थानमा परेको प्राचीन राजधानी क्योतोमा प्रति १ लाख जनसंख्यामध्ये ३७.०९ जना संक्रमित छन् । ओसाकाकै उत्तरपूर्वमा पर्ने क्योतो प्रान्त झण्डै २६ लाख जनसंख्या रहेको छ । सातौ स्थानमा परेको ओकायामा प्रान्तमा प्रति १ लाख जनसंख्यामा ३३.१७ जना संक्रमित छन् । ह्योगो प्रान्तको पश्चिममा पर्ने ओकायामामा करिब १९ लाख जना संख्या रहेको छ । आठौं स्थानमा सबैभन्दा दक्षिणमा अवस्थित टापू ओकिनावा प्रान्त रहेको छ । प्रति १ लाख जनसंख्यामा ३०.९७ जना संक्रमित रहेको यहाँको जनसंख्या १५ लाखको हाराहारी रहेको छ । त्यस्तै नवौ स्थानमा आईची प्रान्त रहेको छ । प्रति १ लाख जनसंख्यामा ३०.५९ जना संक्रमित छन् । घनावस्ती रहेको नागोया सहर समेत पर्ने यहाँ करिब ७५ लाख जनसंख्या रहेको छ । र १०औं स्थानमा सबैभन्दा उत्तरमा र सबैभन्दा ठूलो क्षेत्रफलमा अवस्थित होक्काईदो प्रान्त रहेको छ । प्रति १ लाख जनसंख्यामा २८.४३ जना संक्रमित रहेको यहाँको जनसंख्या करिब ५२ लाख रहेको छ ।